एकरातमै फेरि प्रचण्ड, भने, ‘सरकार बदल्ने बेला होइन’

prachandaकाठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बजेट ल्याउने समय भएकाले सरकार परिवर्तन नगर्ने बताउनुभएको छ ।

कार्ल मार्क्सको १९८औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन अबको बाटो’ विषयको अन्तर्क्रियामा उहाँले वामपन्थी पार्टीबीचको एकता आजको आवश्यकता भएको बताउनुभयो ।

नयाँ सरकारको नेतृत्व लिन नेपाली कांग्रेसले आफ्नो पार्टीलाई गरेको आग्रहप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा सरकार बन्दैमा समस्या समाधान हुने अवस्था नरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘अन्य दल राष्ट्रिय सहमतिमा नआउने अवस्थामा पद र नेतृत्वको लोभ गर्दै सरकारमा जानु अहिले उपयुक्त समय मैले देखिन ।’