केशब भण्डारी
लण्डन ।नेपाली कांग्रेसको भ्रात्री संस्था नेपाली जनसम्पर्क समिति युकेले प्रजातन्त्रका सेनानी एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको १०७ औं जयन्ती मनाएको छ।नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति यूकेले सनिबार कोइरालाको सम्झनामा एक कार्यक्रम सम्पन्न गरेको हो ।
१०७ औं बिपी जयन्तीको अवसरमा सनिबार साउथ इस्ट लन्डन वुलवीच स्थित फिउजन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाली साहित्य र राजनीतिमा विश्वेश्वरप्रसाद कोईरालाले पुर्याएको योगदानको स्मरण गरे।
जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि थिए,नेपाली कांग्रेस लम्जुङ्गका नेता एबम
नेपाल भुपु सैनिक संघका बरिस्ठ उपाध्यक्ष गर्ज बहादुर गुरुङ यसै गरी विशेष अतिथि नेपाल तरुण दल सुनसरीका अध्यक्ष एबम समाजसेबी सिजन गुरुङ्ग तथा एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगर,काउन्सिलर प्रवेश केसी,नेसा अध्यक्ष केस बहादुर गुरुङ अतिथि रहेका थिए।
समितिका सह–महामन्त्री इन्द्रहाङ लिम्बुको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्दै अतिथि हरुले विपिले नेपालमा प्रजातन्त्र स्थापनामा राजनीति र साहित्यको माध्यमबाट पुर्याएको योगदान अतुलनीय रहेको बताए।यसैगरी सल्लाहकारहरु र कार्यसमितिका
उपस्थित बक्ताहरुले जननायक विश्वेश्वरप्रसाद कोईरालालाई स्मरण गरेका थिए ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एबम पार्टी सभापति शेर बहादुर देउवाको जन्मदिनको अबसरमा शुभकामना सहित केक काटेर मनाइएको थियो।समितिका महामन्त्री केशब भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपसभापति महेश दाहालले उपस्थित सम्पूर्ण लाई धन्यवाद ज्ञापन गरेका थिए ।






