नाइलनको सारीमा अल्झिने को ? म्यूजिक भिडियो :

लन्डन , निर्माता काशीराज बोहोराले ‘नाइलनको सारीमा….’ गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् ।

सुरच प्रसाईंको स्वर रहेको गीतको शब्द र संगीत रोशन लामाले भरेका छन् । गोपाल रसाइलीको म्यूजिक एरेन्ज रहेको गीतको म्यूजिक भिडियोमा सुरक्षा र रोशनले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोका लागि रोशन श्रेष्ठले क्यामेरा चलाएका छन् भने कोरियोग्राफीमा गम्भीर विष्ट, सम्पादन टेकेन्द्र शाहको छ भने विभोर पोखरेलले निर्देशन गरेका छन्। निर्माता बोहोरा लन्डन नेपाल न्यूज डट कमका निर्देशक हुन् ।13090668_10206260672384572_665514699_o[1]