लन्डन, सेप्टेम्बर ६, २०२५ – नर्थोल्टस्थित रेक्टोरी पार्कमा शनिबार गौतम बुद्ध क्रिकेट क्लबले आयोजना गरेको दोस्रो आन्तरिक क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। दिनभर चलेको प्रतियोगितामा तीन टिम—रोयल राइनोज, एट पिक लिजेन्ड्स र हिमालयन जग्वार्स बीच कडा प्रतिस्पर्धा भएको थियो।
प्रायोजन पक्षमा, रोयल राइनोजलाई Mortgage Matter कम्पनीका प्रोपाइटर ऋषि खनालले समर्थन गरेका थिए। लन्डनमा घर खरिद प्रक्रियालाई सहज र छिटो बनाउन योगदान पुर्याउँदै आएको यस कम्पनीलाई नेपाली समुदायले सकारात्मक रुपमा लिँदै आएको छ।
एट पिक लिजेन्ड्सलाई Gorkha Health Care का प्रोपाइटर बासु लामिछानेले प्रायोजन गरेका थिए। उक्त कम्पनिको यु के मा केयर होम किनबेच र कन्सल्टेन्सी व्यवस्थापन सम्बन्धि विशेष दक्षता रहेको छ।
उता, हिमालयन जग्वार्सलाई भने गौतम बुद्ध क्रिकेट क्लबकै सदस्यहरू सकार मास्के र नवराज पाण्डेले प्रायोजन गरेका थिए।
प्रतियोगिता रोचक र रोमाञ्चक बनेको थियो। खेलाडिहरूले मैदानमा देखाएको आत्मविश्वास, जितप्रतिको लगाव र खेलभावनाले उपस्थित दर्शकलाई आकर्षित गरेको थियो। अन्ततः, उत्कृष्ट प्रदर्शनसहित हिमालयन जग्वार्सले विजेताको ट्रफी हात पार्न सफल भए, भने एट पिक लिजेन्ड्स दोस्रो स्थानमा रहन सफल भए।
क्लबका अध्यक्ष दिनेश के सि र उपाध्यक्ष अनिल घले जि ले प्रतियोगितापछि भने, “यसरी आन्तरिक प्रतियोगिता आयोजना गर्नु हाम्रो खेलाडीहरूको आत्मबल बढाउने र उनीहरूलाई अझ संगठित बनाउन महत्त्वपूर्ण छ। सबै टिमले उत्कृष्ट प्रदर्शन गरे र हामीलाई गर्व छ , जित जस्को हात परेपनि यो ट्रफि र यो जित समग्र GBCC को हो”
गौतम बुद्ध क्रिकेट क्लब स्थापनापछि यो दोस्रो आन्तरिक प्रतियोगिता हो। यसअघि क्लबले यसै सिजनमा MCCL मा बलियो सहभागिता जनाएको थियो। क्लबलाई निरन्तर मजबुत बनाउन Newa Chhe Maya, Holy Cow, Mortgage Matter, Hownslow Cars र Structural Engineering जस्ता प्रायोजकहरूको विशेष योगदान रहेको आयोजकहरूले बताएका छन्।
समापनमा, विजेता टिमलाई ट्रफी र पदक प्रदान गरिएको थियो। क्लबले विजयी हिमालयन जग्वार्सलाई हार्दिक बधाई दिँदै, एट पिक लिजेन्ड्स र रोयल राइनोजलाई पनि उत्कृष्ट खेल प्रदर्शनका लागि धन्यवाद व्यक्त गरेको छ।






