काठमाडौं–मंगलबार दिउँसो १२ बजे नेकपा एमालेको स्थायी समितिको बैठक बस्दैछ । भोलिबाट बस्ने केन्द्रीय समितिको बैठकको तयारी र अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।
प्रमुख प्रतिपक्ष दल एमालेले सरकारसँग लिने अबको रणनिति तयारीको रुपमा पनि रहेको स्थायी समिति सदस्य किरण गुरुङले बताए । संविधान कार्यन्वयनको विषयमा पनि कसरी जाने भनेर केन्द्रीय समितिमा छलफल हुनसक्ने बताए ।
एमालेले संविधान संशोधनको विषयमा भने पहिला नै स्थायी समितिमा गरेको निर्णयमा नै अडिग रहने गुरुङले बताए ।
सरकारले संविधान संशोधनको औचित्य नै पुष्टि गर्न नसकेको गुरुङले बताए ।






