काठमाडौं–काठमाडौंका पाँच र ललितपुरको एउटा विद्यालयमा झिसमिसेमै बम राखेर आतंक मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बम आतंकमा संलग्न दुई जनालाई बौद्ध क्षेत्रबाट पक्राउ गरेको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रधुम्न कार्की भने, ‘दुई जनालाई हामीले पक्राउ गरेका छौं, अन्य तिन जना फरार छन् उनीहरुको खोजि कार्य भईरहेको छ ।’
पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । मंगलबार बिहानै बौद्ध क्षेत्रमा रहेको आकाशदिप ईङ्लिश बोर्डिङ स्कुल र मनकामना उच्च माविमा उनिहरुले सिलीण्डर बम विष्फोट गराएका थिए । त्यस्तै सोही क्षेत्रको राई स्कुल र माउण्ट युराल टिचर्स एकेडेमीमा राखेको सुतली बम नेपाली सेनाले डिस्पोट गरेको थियो ।
डल्लु स्थित कंचनजंगा स्कुलमा राखेको बम र ललितपुरको सानेपामा रहेको रेडियन्ट रिडर्स एकेडेमीमा राखेको प्रेसर कुकुर बम नेपाली सेनाले डिस्पोज गरेको थियो ।






