वाशिंगटन डिसी–आगामी अक्टोबर १ तारिख देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् ।
उक्त जानकारी गत आइतबार गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष कार्यक्रममा मेरिल्याण्ड एमभीए (मोटरभेहिकल एड्मिनिसट्रेसन ) की प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले जानकारी दिइन् ।
यसको साथै उनले नेपाली भाषामा लेखिएको निर्देशन पुस्तिका समारोहमा हस्तान्तरण समेत गरेकी थिइन् ।
उक्त कार्यक्रममा नेपाली भाषामा लिखित परिक्षा दिन पाउने व्यवस्थाको लागी विशेष योगदान दिए वापत उनीहरुलाई नेपाली टोपी,खादाको साथै प्रशंसा द्वारा विशेष सम्मान गरिएको थियो ।
मातृभाषा नेपालीमा सवारी चालक अनुमति पत्रको जॉचदिन पाउनको लागि निर्देशन पुस्तिका समेत प्रकाशित भै सकेको जानकारी दिइएको छ ।
उनले यो व्यवस्था नेपालीहरुका लागि राम्रो कुरा भन्दै तर सवारी साधन सुरक्षितका साथ कुदाउन आग्रह गरिन् ।
यसै गरी अध्यक्ष जेदु पोख्रेलले मेरिल्याण्ड गभर्नर , क्रिस्टिन नाइजर ,मेरिल्याण्ड एमभीए परिवारलाई बिशेष आभार प्रकट गरे ।
मेरिल्याण्डमा अन्य भाषाहरुमा दिने व्यवस्था भए पनि नेपाली भाषामा लिखित परिक्षामा सहभागी हुन पाउने अमेरिका भरि यो पहिलो राज्य बन्न सफल भएको छ ।






