हेल्प नेपालको बालगृहका लागि १० लाख रुपैयाँको अक्षयकोष स्थापना

तक्दीर अधिकारी
सिड्नी । हेल्प नेपालको बालगृह सञ्चालनका लागि १० लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । १४ वटा देशको ग्लोबल कोषाध्यक्ष डिला खरेलले दिएको जानकारीअनुसार नेपालीहरुले सञ्चालन गरेको हेल्प नेपाल विश्वव्यापी परोपकारी संस्था हो । यो संस्थाले सन् २०१४ मा धुलिखेलमा बाल आश्रम स्थापना गरेको थियो ।

उक्त आश्रममा बालिकाहरु मात्र राखिएको छ । नगरपालिकाले जग्गा दिएपछि बेलायत, अमेरिका, जापन तथा यूरोपको विभिन्न देशबाट पैसा संकलन गरेर भवन निर्माण गरिएको थियो । भवन बनिसकेपछि त्यहाँ दैनिक आवश्यकीय सामग्रीको अभाव हुनुका साथै त्यहाँ रहेका बालिकाहरुको स्वास्थ्यमा समस्या आउन थाल्यो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका पूर्वप्रवक्तासमेत रहेका खरेलले भने, ‘अति आवश्यकीय सामाग्री उपलब्ध गराउन आधारभूत कोष चाहिने भएकाले हामीले १० लाखको कोष स्थापना गरेका हौं । १० लाख रुपैयाँको कोष स्थापना भयो भने आपत्तकालीन समस्याको गर्जो टर्छ ।’

विभिन्न दाताको सहयोगमा सात लाख रुपैयाँ कोषमा जम्मा भइसकेको थियो, त्यसमा दुई लाख रुपैयाँ धुलिखेल नगरपालिकाले दिने भएको छ । भगिरथ योगीको संयोजकत्वमा नयाँ नेतृत्व आएको छ । त्यो नेतृत्वले एक लाख रुपैयाँ राखेपछि कोष १० लाख रुपैयाँको हुनेछ ।

त्यो अक्षयकोषबाट प्राप्त हुने ब्याजले दैनिक आवश्यकीय सामाग्री खरिदमा सहयोग पुग्ने कोषाध्यक्ष खरेलले जानकारी दिए ।

१० लाख रुपैयाँ यसरी संकलन भयो–
१. सन् २०१४ स्थापना कालदेखि सन् २०१९ सम्म जम्मा भएको रु ७ लाख
२. धुलिखेल नगरपालिकाको तर्फवाट रु २ लाख
३. हेल्प नेपाल स्थापनार्थ गरिएको कार्यक्रमको साँझको खान खानेक्रममा संकलन भएको १ लाख रुपैयाँ

वर्तमान अन्तर्रास्ट्रिय संयोजक– भगिरथ योगी रु. १५०००
हर्ष गौतम, अस्ट्रेलिया रु ५०००
लक्ष्मण शर्मा, अस्ट्रेलिया रु ५०००
राम खत्री , अस्ट्रेलिया रु ५०००
शमिम अनवर, अस्ट्रेलिया रु १००००
पुरुषोत्तम श्रेष्ठ,अस्ट्रेलिया रु १००००
मनिष जोशी, अस्ट्रेलिया रु १००००
डिला खरेल, अस्ट्रेलिया रु १५०००
केशब बानिया क्षेत्री, अस्ट्रेलिया रु ७८००
शिव सापकोटा, अस्ट्रिया, भियना रु १००००
नवराज आचार्य , काठमाडौं, नेपाल रु १००००
उत्तम निरौला, काठमाडौं, नेपाल रु ५०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *