काभ्रेपलाञ्चोकको लड्कुखोलामा डुबेर एकको मृत्यु !

सोनी श्रेष्ठ काभ्रेपलाञ्चोक /काभ्रेपलाञ्चोक जिल्ला बेथान्चोक गाउँपालिका वडा नं। ३ स्थित लड्कुखोलामा एक जनाको खोलामा डुबेर ज्यान गएको छ ।
शुक्रबार बिहान १० बजे आसपास आफ्नो घरबाट बत्ती बनाउन भनी निस्किएका बेथान्चोक वडा नं। ३ निवासी ३४ वर्षीय राजकुमार श्रेष्ठको शव भेटिएको ढुंखर्क प्रहरी चौकी इन्चार्ज हित बहादुर कटवलले जानकारी दिनुभयो ।

थप अनुसन्धानका लागी शवलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा पोष्ट्मार्टमको लागी लगीएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

साँझ ४ बजे आसपास मकैबारीमा आएको बाँदर लखेट्ने क्रममा मृतकका बाबु शेर बहादुर श्रेष्ठले खोलामा डुबेको अवस्थामा देखेपछी छिमेकी र प्रहरीलाई खबर गरेसँगै ढुंखर्क प्रहरी चौकीबाट अनुसन्धानका लागी प्रहरी लड्कुखोलामा पुगेका थिए । मृतक श्रेष्ठको परिवारमा बुबा(आमा, भाई(बुहारी, १ श्रीमती र ३ छोरीहरू छन् । मृतक श्रेष्ठले खेतीपाती लगायत बत्तीको काम गर्दै जिविकोपार्जन गर्दै आएका थिए ।