साउथवेस्ट नेपाली समाज यूकेको अध्यक्षमा निर्वाचित ढकालले हिन्दू मन्दिर बनाउने

लन्डन । साउथवेस्ट नेपाली समाज युकेको अधिबेशनले नयाँ बिधान पारित गर्दै अध्यक्षमा दीपक ढकाल सर्वसम्मत निर्वाचित गरेको छ । प्लेमाउथमा सम्पन्न भेलाले वरिष्ठ उपाधयक्षमा किसान जिसी (गणेश), उपाधयक्षमा किशोर जिसी, दीपक गिरी, गंगा सापकोटा र महिला उपाध्यक्षमा सोबान पोखरेललाई निर्वाचित गरेको छ ।

यस्तै समाजको सचिवमा रामकुमार थापा, सहसचिवमा एकराज तामाङ, कोषाध्यक्षमा राजेन्द्र कुवर सहकोषाध्यक्षमा पोश परिवार रहेका छन् । सदस्यहरुमा उषा गिरी, विष्णु रेग्मी, प्रतिमा ढकाल, पम्फा कुँवर खड्का, सन्तोष ढकाल, जीत तामाङ, कमल दाहाल, राज डल्लाकोटी, मुक्ति खरेल, शम्भु पाण्डे, कृष्ण रायमाझी, प्रकाश पाण्डे, सन्दीप रेग्मी रहेका छन् ।

समाजको सल्लाहकारमा हेमकान्त सेढाइ, माधव हुमागाई, सुरेश केसी, अमृत सेढाइ, डा. भरत श्रेष्ठ, डा. ललित हमाल, धीरेन श्रेष्ठ, इश्वर श्रेष्ठ रहेका छन् । समाजले राजु बोहोरालाई प्रवक्ता तोकेको छ ।

नवनिर्बचित कार्यसामितिलाई बधाईका साथै नया कार्य कालको शुभकामना दिदै सास्थपक अधक्ष्य सामेत रहेका ढकाल पुनः सर्वसम्मत निर्बचित भएका हुन् । साउथवेस्टबासी नेपालीको चाहना अनुरुप काम गर्ने र हिन्दू मन्दिर बनाउने कुरालाई प्राथमिकता दिने उनले बताए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका किसान जिसीले साउथवेस्ट समाज बिस्तारै ठुलो हुँदै गएको बताए । उनले भाबी दिनमा समाजले अझै धेरै सामाजिक, सस्कृतिक र खेल्कुदका कार्यक्रम गर्ने तथा आपत्कलिन रहातमा संकलनमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *