एमालेले एमालेले १, ३, ४ र ५ र माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने
काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीसहित प्रदेशका प्रमुख पद बाँडफाड गरेका छन् ।
सिंहदरबारमा बसेको एमाले-माओवादी कार्यदलको बैठकले ७०/३० को नुपातमा बाँडफाट गर्ने सहमति भएको हो । बैठकले सिट संख्यामा अनुपातमा प्रादेशिक मन्त्रिपरिषद् कम्तिमा ७ र बढीमा ११ जना बनाउने निर्णय भएको बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
मालेले ४ वटा र माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको छ । एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने छ भने माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।
देश सभामुख पदको भागवण्डा पनि कार्यदल बैठकले टुंग्याएको छ । १, ३, ६ र ७ नम्बर प्रदेशको सभामुखमा एमाले र ४, ५ नम्बर प्रदेशको सभामुख माओवादी पाउने गरी भागवण्डा भएको छ ।
उपसभामुखमा ४ र ५ मा एमाले, १, ३, ६ र ७ मा माओवादीले पाउने गरी समझदारी भएको पाण्डेले बताए । प्रदेश संसदीय समिति र मन्त्रीको अनुपात ७० र ३० प्रतिशतलाई कायम गर्ने भएको छ ।






