अमेरिकी सिनेटर टोली नेपालमा

काठमाडौं – अमेरिकी नेतृ न्यान्सी पेलोसीको नेतृत्वमा अमेरिकी सिनेटको एक टोली शनिबार नेपाल भ्रमणमा आएको छ। अमेरिकी एयरफोर्सको विमानबाट अमेरिकी सांसद टोली शनिबार राति त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

तीनदिने नेपाल बसाईका क्रममा अमेरिकी सांसदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती र परराष्ट्रमन्त्री प्रकाश शरण महतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेतृ पेलोसी अमेरिकी संसद कांग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभमा माइनोरिटी लिडर हुनुहुन्छ।

टोलीमा भारतीय मुलकी पहिलो अमेरिकी सांसद प्रमिला जयपालसहित सात सिनेटर हुनुहुन्छ। न्यान्सी पेलोसी हाउस अफ रिप्रेजेन्टिटिभकी पूर्व सभामुख पनि हुनुहुन्छ।