उपकुलपतिले यौन दुर्व्यवहार काण्डले विवादमा तानियो लुम्बिनी बौद्ध बिश्वबिद्यालय

भैरहवा, २५ पुस ।   सञ्चालनमा आएलगत्तै लुम्बिनी बौद्ध बिश्वबिद्यालय विवादमा तानिएको छ । बिश्वबिद्यालयका उपकुलपति नरेशमान बज्राचार्य माथी यौन दुब्र्यवहार गरेको आरोप लगाउदै कलेजका कर्मचारीहरुले लुम्बिनीमा रहेको बिश्वबिद्यालयमा र केन्द्रमा रहेको सम्पर्क कार्यालयमा तालाबन्दी गरे पछि बौद्ध बिश्वबिद्यालय विवादमा तानिएको हो । कलेजमै कार्यरत अविवाहित महिला कर्मचारी अनिला यादव माथी उपकुलपति बज्राचार्यले यौनजन्य दुब्र्यवहार गरेको आरोप केही कर्मचारीहरुको छ भने केही कर्मचारीहरुले बौद्ध बिश्वबिद्यालयका रजिष्ट्रार पिताम्बर लाल यादव र उपकुलपति बिच कुरा नमिलेको कारण रजिष्ट्रारले आफ्नै नातेदारद्धारा उपकुलपतिलाई झुठो आरोपमा फसाएको समेत आरोप लगाएका छन । यसमा यौन दुब्र्यवहार भएको भनिएकी रमिला यादवलाई यस बिषयमा जानकारी लिन खोज्दा उनले अहिले सो बारेमा केही बोल्न नचाहेको बताईन । यता पिडित अमिलाको र केन्द्रिय कार्यालय तथा सम्पर्क कार्यालयका सम्पूर्ण कर्मचारीको लिखित रुपमा उपकुलपति बिरुद्ध निवेदन दिएको रजिष्ट्रार पिताम्बर लाल यादवले बताए । उस बिषयमा अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउने बताए । अनिला र कर्मचारीहरुले पेश गरिएको निवेदनमा स्थायी कर्मचारी भए पनि मंसिरको पहिलो साता आन्र्तवार्ताको नाममा पिए बन्न दबाव दिएको, पौष १९ गते शनिबारका दिन पनि कार्यालयमा बोलाएर पिए नबसे राम्रो नहुने धम्की दिएको, २ घण्टा भन्दा बढी निजि कक्षमा राखेको, २५ मिनेट आवास कक्षमा थुनेर एक्लै राखेको, दासगत ब्यवहार गरेको लगायतका आरोप लगाउदै कार्यवाहीको माग गरिएको छ । अनिलाले यस बिषयमा धेरै समयसम्म लुकाएर राखेको र स्थानिय प्रशासनमा समेत उजुरी नदिएको बुझिएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक लाल गाविन्द श्रेष्ठले अहिले सम्म आफुलाई सो बिषयमा कुनै लिखित उजुरी नआएको बताएका छन । यता उपकुलपति नरेशमान बज्राचार्यले आफुमाथी लगाइएको रबै आरोप निराधार र झुठो रहेको बताएका छन । रातोपाटीसँग कुरा गर्दै उनले अन्य कार्यकालमा हुन नसकेका कामहरु आफुले गरेको र प्रगति हेनै नचाहेकाहरुले झुठा आरोपमा फसाउन खोजेको बताए । बौद्ध बिश्वबिद्यालय स्थापना भए देखि नै सभा बस्न नसकिरहेको अवश्थामा आर्थिक बर्ष २०७०।०७१ को सभा बसालेको, सवै स्थानियहरुm्लाई समेटेर लुम्बिनी बौद्ध बिश्वबिद्यालय दिवस मनाएको, बिश्वबिद्यालयलाई आवश्यक पर्ने करिब ४ बिघा जग्गा लुम्बिनी बिकास कोष अन्र्तगत दिलाउन पहल गरेको र पछिल्लो समयमा श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापक्षेलाई बिश्व बिद्यालयमा भ्रमण गराए पछि केही ब्यक्तीलाई आफ्नो सो प्रगति मन नपरेको उनले बताए । कर्मचारी अनिला अंग्रजी बिषमा दख्खल भएकोले आफुले उनलाई पिए बन्न आग्रह गरेको र उनले पनि सहर्ष स्विकार गरेको बज्राचार्यले जनाए । अहिले आएर के कारणले यो कुरा आयो आफु अनबिज्ञ भएको उनको भनाई रहेको छ । लुम्बिनी बौद्ध बिश्वबिद्यालयमा जुन अनुसारको गुणस्तर हुनु पर्ने सो नभएको र आफु सो बिषमा सधै गम्भीर भएर लागेको बताए । आईतबारको घटना भनिए पनि म मंगबार सम्म केन्द्रिय कार्यालय लुम्बिनीमै छु , बुधबार काठमाण्डौं आएपछि मात्र यो घटना नियतवश सार्वजनिक गरिएको उपकुलपतिले बताए । यता बौद्ध बिश्वबिद्यालयमा कार्यरत कर्मचारीहरुले यसलाई उपकुलपति रजिष्ट्रार बिचको राजनितिक प्रतिशोधको दृष्टिकोणले हेरिरहेको बताउछन । नाम नबताउने शर्तमा एक कर्मचारीले सबै कर्मचारीको हस्ताक्षर भनिएपनि कर्मचारी भएको नाताले ऐक्यवद्धता जनाउन मात्र बाध्यतावश सो निवेदनमा हस्ताक्षर गरेको बताए । कुरा जे भए पनि सत्य तथ्य केही दिन पछि बाहिर अवश्य नै आउने छ । तर यहा केही मननिय तथ्यहरु के छन भने शनिबार दुब्र्यवहार भएको भनिए पनि बुधबार मात्र यो कुरा किन बाहिर आयो ? अनिलाले स्थानिय प्रशासनलाई जानकारी नगराई र कानुनी उपचारको खाजी नगरि किन सिधै उपकुलपतिलाई कार्यवाही गराउन खोजिन । उनले दिएको निवेदनमा प्रत्यक्ष रुपमा यौन दुब्र्यवहारको आरोप किन राख्न नसकेको ?