लण्डन । भुपू गोर्खा सैनिकहरुको मागहरु सम्बोधन गर्न माग गर्दै आन्दोलन गरेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आन्दोलनमा साथ दिने सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
समितिले गत १५ जून २०२१ मा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालय घेराउ गर्दै प्रधानमन्त्री बोरिस जोन्सनलाई ध्यानकर्षण पत्र पठाएका थिए । उक्त दिन बृहत र्यालीसहित नेपाली अगुवाहरुले आफ्ना मागहरु सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिदै माग सम्बोधनको प्रयास थालनी नभएको खण्डमा जुलाई १ देखि भोक हड्ताल शुरू गर्ने चेतावनी दिएका थिए ।
लगातार तीन बर्ष देखि आफूहरुलाई झुक्काउने मात्र काम गरिएको भन्दै सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले यसपटक आफूहरु नझुक्किने चेतावनी दिए । उनले यसपटक माग पूरा गर्न दुई सरकारवीच वार्ता थालनी नभए अनशन बस्ने चेतावनी दिए ।
‘हामीलाई न्याय चाहियो, समान व्यवहार गरियोस्’ भन्ने प्लेकार्डसहित सैयौं गोर्खा तथा तिनका परिवारहरु रयालीमा उपस्थित थिए ।
ब्रिटेनको सिख समुदाय लगायत अन्य विभिन्न भूपू ब्रिटिश सैनिकहरुले भूतपूर्व गोर्खालाई साथ दिएका थिए । पाइपर र ड्रमसहितको रयालीमा नेपाललाई कोभिड १९ विरुद्ध लड्न सहयोग गर्न आग्रह गर्दै प्लेकार्डसहित प्रदर्शनी गरिएको थियो ।
बेलायती संसद भवन बाहिर कोण सभामा परिणत भएको सो रयालीमा गोरखा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राई, यूके नेपाल फ्रेण्डसिप सोसाइटीका प्रमुख कार्यकारी अधिकृत अलान मार्सल स्यांका, गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राई, सन्तोष थलङ, बेलायती पूर्व सैनिकहरु र शिख समुदायका प्रतिनिधि लगायतले आ-आफ्ना धराणा राखेका थिए ।
भूतपूर्व सैनिकहरुको समस्याबारे वार्तामा आउन अनुरोध गर्दै गोरखा भूतपूर्व सैनिकहरुले लण्डनस्थित प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्रसमेत पठाएका छन् । नेपाल तथा ब्रिटिश सरकारलाई वार्ताको पहल गर्दै वार्ता टोली गठन साथै वार्तास्थल समेत टुंगो लगाउन माग गरिएको छ ।
जुलाई १ भित्र बेलायत सरकारले वार्ताको ढोका नखोले आगामी जुलाई १ बाट रिले अनसन गरिने र त्यसपछि तीनजना गोर्खाहरु आमरण अनसन बस्ने जानकारी गोर्खाहरुले दिएका छन् ।
पेन्सन लगायतका विषयमा भेदभाव गरिएको भन्दै भूतपूर्व गोर्खाहरु वर्षौंदेखि आफ्ना विभिन्न मागसहित आन्दोलनमा छन् । सन् २०१८ मा नेपाल सरकार, ब्रिटिश सरकार, प्रमुख गोर्खा संगठनका प्रतिनिधिहरुको प्राविधिक समितिद्वारा बुझाइएको प्रतिवेदन लागू गर्न समेत उनीहरुको आग्रह छ ।
२२ वर्ष नोकरी पुर्याएका बेलायती गोर्खालीलाई बेलायती सैनिक सरह पेन्सन दिनुपर्ने, २१ वर्ष उमेरमा सेवा शुरु गरि ६ वर्ष नोकरी गरेका गोर्खा अधिकृतले बेलायती अधिकृतसरह पेन्सन पाउनुपर्ने जस्ता माग गोर्खाको छ ।
यसैगरी १५ वर्ष नोकरी गरेका गोर्खा सिपाहीले २२ वर्ष सेवा गरेका बेलायती सिपाहीसरह पेन्सन पाउनुपर्ने, नोकरीको सिलसिलामा मृत्यु भएका र लिबरल, डिसएबिलिटी लगायतलाई पेन्सन, सन् १९९७ अघि नोकरीबाट बर्खास्त गरिएकालाई एकमुष्ट रकम दिनुपर्ने र कम्तिमा दुई वर्ष नोकरी गरि सेवा निवृत्त भएका पेन्सन नपाएकालाई संचित पेन्सनको व्यवस्था हुनुपर्ने जस्ता मागहरु पनि राखिएका छन् ।
मंगलवार लण्डनमा आयोजित अन्तिम स्मरण पत्र हस्तान्तरण तथा विशाल जुलुससहितको आमसभा लाई पूर्णरुपमा सफल र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, न्यायप्रेमी गोरखा दाजुभाइ, दिदी बहिनी तथा भान्जा भान्जीहरु साथै सञ्चारकर्मी सबै प्रति गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके/नेपालले धन्यवाद आभार व्यक्त गरेको छ ।














हेरौँ सत्याग्रहले जारी गरेको धन्यवाद ज्ञापन विज्ञप्ती जस्ताको तस्तै:
धन्यवाद ज्ञापन
18/06/2021
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके/नेपाल द्वारा धन्यवाद ज्ञापन :-
—————————————————————–
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति द्वारा गत १५ जून २०२१ का दिन लण्डनमा आयोजित अन्तिम स्मरण पत्र हस्तान्तरण तथा विशाल जुलुससहितको आमसभा लाई पूर्णरुपमा सफल र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, न्यायप्रेमी गोरखा दाजुभाइ, दिदी बहिनी तथा भान्जा भान्जीहरु साथै सञ्चारकर्मी मित्रहरु सबै प्रति गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके/नेपाल सधन्यवाद आभार व्यक्त गर्दछ ।
बिधूतिय सञ्चार माध्यमबाट विश्वलाई थाह भइसकेको छ, वेलायत सरकारले गोरखाका माग सम्बोधन गर्न यहि जुन २०२१ मसान्तसम्ममा ठोस कदम नचाले जुलाई १ बाट रिले अनसन हुदै आमरण आरम्भ हुने औपचारिक अल्टिमेटम पत्र ३ महिना अगावै प्राप्त गरिसकेकोछ । त्यसैलाई पून: अन्तिम पल्ट स्मरण गराउने कार्यक्रम बिभिन्न संघ संस्थासरुको ससक्त सहभागितामा भव्यताका साथ सम्पन्न भएकोछ ।
यस कार्यक्रमलाई मात्र नभई समग्र गोरखा आन्दोलनलाई गन्तव्यमा पुर्याउन ससक्त सहभागिताका साथ ऐक्यबद्धता जनाउनु हुनेहरुमा प्रतिनिधिहरुमा, Mr Alan Marcel-sanca (CEO)UK /Nepal Friendship Society)
वहाँले यस निर्णायक आन्दोलनलाई आवश्यक कागजपत्र लगायत रणनीतिक योजना कालागी अहोरात्र सहयोग गरिरहनु भएकोछ।
Mr Gary weaving ( Chairman – Forgotten Veterans – UK) ले “गोरखा आन्दोलन अब यूके भेटरन सोसाइटीको पनि हो”, भन्दै वेस्ट मिनिस्टलाई (बेलायती सरकार र संसद) चुनौती दिएकाछन् । उनले आन्दोलनका लागी अर्थपूर्ण झण्डा समेत प्रदान गरे।
Mr Roy Anthony Brinkley ले ( Soldier A-Z ) V.A.S.U को नेतृत्वमा “Gurkha fought for Britain, now we fight for them” नामक अभियान नै सञ्चालन गर्दै आएका छन ।
त्यस्तै, शिख कम्यूनिटी वेलायतका तर्फबाट
Mr Harjap Singh (Chairman- federation of Southampton gurdwar, ले गोरखा आन्दोलनलाई हर प्रकारले सहयोग गर्ने प्रतिवद्धता ब्याक्त गरेका थिए । UK Green of colour कि प्रतिनिधि Ms Ria Patel ले समेत सकृय ऐक्यबद्धता जनाउदै आमसभा लाई सम्बोधन गरेकिथिईन ।
बेलायती नागरिक Ms Asma bibi ले स्वत:स्फूर्त रुपमा आन्दोलनलाई समर्थन गर्दै उपस्थित महानुभावहरूलाई निःशुल्क पानी (Mineral water)
बितरण गरेकि थिईन् ।
उक्त कार्यक्रमलाई आकर्षक बनाउन Ms Clair Hall ले स्वत:स्फूर्त रुपमा Drum सहित उपस्थित भई र्यालीलाई लिड् गरेकि थिईन् ।
त्यसैगरि गोरखा आन्दोलनका कट्टर समर्थक Mr Billy Dunbar ले समेत ऐक्यबद्धता जनाएका थिए ।
गोरखा पाईपर मान बहादुर सुनुवार ले र्यालीलाई लिड्गर्दै गोरखा स्मारक (Gurkha statue) र सेनोटाफ वार मेमोरियल (Cenotaph war memorial) मा रिथ अर्पणका लागि मौन धारण धून (Last call) प्रस्तुत गरेकाथिए ।
एवं प्रकारले उक्त दिनको कार्यक्रमलाई ” लण्डन- नेपाल न्यूज डट कम” का शिव भण्डारी र प्रकास कडेल ले प्रत्यक्ष प्रसारण गरेकाथिए ।
कार्यक्रम ब्यावस्थापनमा सकृय एवं रचनात्मक भूमिका निर्वाह गर्नुहुने, प्रमुख संयोजक कृष्ण बहादुर राई, अभियान निर्देशक ज्ञानराज राई, सह संयोजक तक गुरुङ, कार्यक्रम सञ्चालक सचिव धनबहादुर गुरुङ, कार्यक्रमको अभिलेखनमा पि.आर. लक्ष्मी घिसिङ, प्रवक्ता ले.(रिटायर्ड)याम बहादुर गुरुङ , सत्याग्रह नेपाल च्याप्टर का प्रवक्ता क्या.(रिटायर्ड) हिमाल राई लगायत अन्य संघर्ष समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु धन्यवादका पात्र बन्नुभएकोछ ।
कानूनी सल्लाहकार प्रो. डाक्टर युवराज संग्रौला को विशेष पहलमा विश्वका निष्ठ बुद्धिजीवीहरुले गोरखा आन्दोलनलाई सहयोग गर्ने घोषणा गरि सकेकाछन् ।
त्यसैगरि, बङ्गलादेशका पूर्वराष्ट्रिय मानव अधिकार आयोग अध्यक्ष प्रो. डाक्टर मिजानुर रेहमान ले दक्षिण एसियाका नागरिक समाजको नेत्रृत्व गर्ने प्रतिबद्धता ब्याक्त गर्दै १५ जुन का दिन अन्तर्राष्ट्रिय सम्मेलन मार्फत गोरखाहरुलाई वेलायतले गरेको अन्याय बारे बोलेका छन् । यस्कालागि प्रो.डाक्टर युवराज संग्रौला
गोरखा आन्दोलन र सम्पूर्ण गोरखा समुदायका तर्फबाट ससम्मान आभार ब्याक्त गरिएकोछ ।
उल्लेखित सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु साथै न्याय प्रेमी महानुभावहरू, सञ्चारकर्मी मित्रहरु सबैमा पून: सधन्यवाद आभार प्रकट गर्दै, गोरखा सत्याग्रह संयुक्त संघर्ष समिती -यूके/नेपाल यहाँहरुको साथ सहयोग निरन्तर रहने विश्वास गर्दछ ।
जय गोरखा !!!






