लन्डन । ‘पेन्नी फर नेपाल’ बेलायतले नेपालमा फैलिएको कोभिड १९ महामारीविरुद्ध लड्नको निम्ती १२ थान अक्सिजन कन्सनट्रेटर सहयोग पठाएको छ ।
‘पेन्नी फर नेपाल’का सक्रिय अभियन्ता बालकृष्ण दाहालले संस्थाले गर्दै आएको सहयोगलाई निरन्तरता दिन संस्थाका १४ जना सदस्यले कोभिड–१९ बिरामीलाई अक्सिजनको परिपूर्ति यथेष्ट बनाउनको निम्ती अक्सिजन कन्सनट्रेटर सहयोग गरेको बताए ।
सन् २००९ मा बेलायतमा स्थापना भएको संस्थाले विशेष गरि नेपालका असहाय बालबालिकालाई स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग पुयाउँदै आएको दाहालले बताए । ‘पेन्नी फोर नेपाल’ ले कोभिड १९ बाट प्रभावित नेपाललाई स्वास्थ्य सामग्री सहयोग पुर्याउने उद्देश्यले भर्जिन मनि डटकम मार्फत सहयोग रकम संकलन गर्दै आएको छ ।
१२ हजार पाउण्ड रकम संकलन गर्ने लक्ष्य रहेकामा हाल करिब ६ हजार पाउण्ड संकल भइसकेको छ । सहयोगका लागि यहाँ क्लिक गर्नुहोला ।
नेपालमा भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा निरन्तर सहयोग गर्दै आएको यस संस्थाले कुनै धर्म, राजनीति र सरकारी निकायसंग आवद्ध र नेपालमा रहेका बिपन्न वर्गका बालबालिकालाई आवश्यक शिक्षा दिई दक्ष बनाउने उद्देश्यले अघि राखेको छ ।
सोहि संस्थाको सयोगमा नेपालमा भर्खरै चितवन जिल्लाको चेपांग बस्तीमा बिद्यालयको निर्माण सम्पन्न भएको छ ।
संस्थाले नेपालमा भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा निरन्तर सहयोग गर्दै आएको छ । नेपालमा कोरोनाको बढ्दो महामारी नियन्त्रण गर्न विभिन्न निकायसंग सहकार्य गर्दै आगामी दिनमा पनि सहयोग गर्ने संस्थाले प्रतिबद्धता जनाएको छ ।
नेपालमा परी आएका विभिन्न समस्याहरुमा बेलायतमा रहेका नेपाली समुदायहरुले तन, मन र धनले सहयोग गर्दै आएका छन् ।






