एनआरएन युकेले गर्यो शेष घलेले बोलाएको महाधिवेशनको स्वागत

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनएको प्रमुख संरक्षक शेष घलेले बोलाएको महाधिवेशनको स्वागत गरेको छ ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले शेष घलेले बोलाएको महाधिवेशनलाई स्वागत गरेका हुन् । अध्यक्ष मगरले एक सार्वजनिक प्रेस विज्ञप्ति जारी गर्दै घलेले दशौँ महाधिवेशन आयोजना गर्न आयोजक समितिको गठन तथा निर्वाचन समितिको पुर्नःगठन गरी सकंट समाधानका लागि उचित कदम चालेको बताएका छन् ।

एनआरएनमा आफैले बनाएको नीति नियम नमान्ने परिपाटी बढ्दै गएकाले समयमै निर्वाचन हुन नसकेको उनको भनाई छ । विज्ञप्ती मार्फत उनले सकंटापन्न स्थितिमा शेष घलेले सघंको नयाँ नेतृत्व चयन गर्न बोलाएको महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै महाधिवेशनमा सहभागी हुनका लागि युकेवासी सम्पूर्ण डेलिगेट्स तथा अभियान्ताहरुलाई अनुरोध समेत गरेका छन् ।

एनआरएनमा विवाद देखिएपछि घलेले महाधिवेशनको मिति तोकेका छन् । घलेले मार्च २२-२५ मा काठमाडौँमा महाधिवेशन गर्न लागेका छन् ।