पहिलो चरणको निर्वाचनको मतगणना कार्य सुरु

????????????????????????????????????

काठमाडौं- पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएका छन् ।

अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य सुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेकाअनुसार कुल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७१४ मत खसेको थियो ।

त्यसैगरी, कुल पाँच हजार ८८१ मतदाता रहेको मनाङमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए ।

बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो ।

करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ ।