लन्डन । मगर संघ युकेको यूएचएसबी शाखाले माघे (मकर) संक्रान्ति तथा पितृ पूजा धुमधामका साथ मनाएको छ ।
बेलायतको फान्ब्रोस्थित अकफम स्कुलमा गत १२ जनवरी शनिबार मगरहरूको राष्ट्रिय सांस्कृतिक महान चाड (मकर संक्रान्ति) माघे संक्रान्ति धुमधामसँग मनाइएको हो ।
प्रवासमा रहेका नेपालीहरू माझ नेपाली संस्कृतिलाई जगेर्ना गर्दै दोश्रो पुस्ताका नेपालीहरूलाई समेत हाम्रा चाडपर्वका महत्वका बारे जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको माघे संक्रान्तिमा बेलायतबासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बेलायतका मगर हरूको अत्यधिक बाक्लो बस्ती भएको ठाउ अल्डरसट ,केयाम्ब्रली , फान्ब्रो अन्य भागबाट जम्मा भएर यस पर्वलाई २००८ देखि स्थापना भएर सस्थाका सस्थापक सुनिल रानाको कार्यसमितिबाट यो पर्ब मनाउन सुरु भए यता बर्सेनि धुमधामले मनाउदै आएको छ।
बिगत ११ वर्ष देखि बेलायतमा यस पर्वको दिन मगरहरूको पौराणिक पितृ पूजा सस्थापक पुर्व उपाअध्यक्ष हाल सल्लाहाकार ओमप्रसाद थापा काउचा मगर ले पूजारीको संयोजन गरि हरेक बर्ष बिषेस पुजा सन्चालन गर्दै आउनु भएको छ।
शाखाका अध्यक्ष लेख राना र पुजा सयोजक तथा सल्लाहकार ओम थापा काउचाको सयुक्त प्रर्स्ताब मा कार्यसमीती बाट पारित अनुरूप जती पनी पुजामा भक्तजन हरूले पित्रीहरू लाई चढाएको दक्षिणा पुन्यकार्यमा दिने निर्यण अनुरूप यस पल्ट दक्षीणा लग भग एक हज़ार पौण्ड संकलन भएको भएको पुजारी थापाले जानकारी दिनु भयो सोही रक़म रशमोरको अल्डरसटमा बन्दै गरेको नेपाली कम्युनिती हल ख़रीदको लागि कम्युनिती सेन्टरलाई सहयोग गर्ने निर्यण गरेको छ। कम्युनिती हल को नम्ती बिभिन्न संग संस्था को सहयोगमा रकम संकलन गरेको अवस्था मा मगर हरूबाट केही सहयोग गर्ने निर्नय गरेको हो। स्मरण रहोस यस सस्थाले गत बर्ष धनर्मुस सुन्तली फ़ाउन्डेशन ले मुसार सामुदायिक बस्ती गरिव दलीत समुदाय हरू को निम्ती एक घर निर्माण खर्च सहयोग गरेको थियो। 
सचिव वीर बलालले सुरु गरेको औपचारिक कार्यक्रमको अध्यक्षता शाखाका अध्यक्ष लेख रानाले गरेका थिए ।
तोकीयको समय भन्दा केही धिलो पहिलो चरणमा पौराणिक पित्री पुजा सयोजक ओम थापा काउचा सन्चालन गर्नु भएको थियो भने कर्ता पुजारी हरूमा बृिर्दबुवा बाट श्रीओम बहादुर थापा र श्री होम बहादुर श्रीस र मध्य उमेर बाट श्री गणेस थापा हुनूहुन्थीयो बिधी पुर्वक पुजा सम्पन पस्चायत सम्पुर्ण सहभागी भक्तजन हरूको पुजा सुरू भएको थियो भने उपाअध्यक्ष श्रीमती हेमा राना यस सम्पूर्ण कार्यक्रम को संयोजक ज़िम्मेवारी लिनु भएको थियो र केन्द्रीय मगर लेडीज़ संग युके का अध्यक्ष श्रीमती छबीमाया पुन र साखा का लेडिज कमिती का अध्यक्ष श्रीमतीपदम थापा को संयोजन मा दिदी बहीनी हरूबाट माघेसक्रानती प्रसाद ग्रहन गराएका थिए।
सचिव बिर बलाल ले आधिकारीक कार्यक्रम मा नौमती को मंगल धुन संग पुजा बिसर्जन साथै कार्यक्रम उत्धातन दियो प्रेजलन गर्दै अध्यक्ष लेख राना को अध्यकक्षेता मा प्रमुख अथिती मगर संग युके का उपाध्यक्ष श्रीमती अनीता राना मगर ,बिषेस अथिती नेपाल पत्रकार संघ बेलायत साखा का अध्यक्ष पत्रकार नरेश खपाड्गेमगर अथिती हरू मा मगर संग युके का निबर्तवान अध्यक्ष दुत पुन मगर , पुर्व अध्यक्ष मेजर रिटायर कुल थापामगर ,मगर महिला संघ युके का अध्यक्ष साथै बाग्लुड समाज युके का श्रीमती छबीमाया पुन मगर , मगर संग युके सुईन्ण्डन साखा का उपाअध्यक्ष कुमार रानामगर , मगर संग युके का सल्लाहाकार हरू लेप्टनकर्नल रितायर याम राना मगर वाहा की धर्म पत्नी साथै मेजर देबेन्द्र आले मगर, कैयाप्टन रि हरी थापा मगर ,केयाप्टन रि बिर थापा गाहा मगर,साखा सस्थापक अध्यक्ष केन्द्र का सल्लाहाकार लेप्टन रि सुनील राना विवेकवान अध्यक्ष केयाप्टन रि टाम ढेगा मगर,केन्द्र का सल्लाहाकार ओम थापा काउचा मगर हरू को मगर महिला संस्थापक श्री गोमा राना सल्लाहकार बेल बुराथोकी,श्रीमती नरमती पुन काउचा हरू थिए।
माघेसक्रान्ती को बिँषय मा पुजारी थापा ले केही प्रकास पार्नु भयो भने नया पुस्ता को निम्ती दोय नानी हरू आर्जन थापा ट्रिषा थापा ले अंग्रेज़ी बाट यस पर्व बारे पढेर खुल्स्त पारेका थिए। लगतै दिवंगत पित्रीहरूको आत्माका शान्ती को निम्ती २ मिनट मनधाराणा गरेको थियो भने जती पनी यस बर्ष मा उल्खीनिय उपल्बदी प्राप्त गरेका नानी साथै अन्यलाई अध्यक्ष र बिषेस अथिती हात बाट सम्मान गरियको थियो।
तेस्रो चरन मा अल्दरसट प्यालेस रेस्टोरन्ट एण्ड बार को प्रोपाईतर हरू को सोदिस्त खानपिन को सयोजक रिषीराम राना र क्रिष्न थापा ले गर्नु भएको थियो।
यसै गरि सांस्कृतिक मनोरंजन कार्यक्रम ज़िम्मा पाएका नवयुवाहरू लछिमी राना र सुर्क्षा राना ले अती रोचक कार्यक्रम सन्चालन गरेका थिय जसमा मगर हरूको अती चर्चित सामुहीक कौडा नित्य नव युवा हरूबाट प्रस्तुत थियो भने त्यस दिनको अती आकर्षक तिपीकल मगर सोरठी नाच पुजारी संयोजक ओम थापा,अध्यक्ष लेख राना, उपाअध्यक्ष नरेस थापा,मगर महीला संग अध्यक्ष छबी पुन, सल्ल्हाकार श्रीमती गोमा राना संयुक्त रूप मा प्रस्तुत थियो।
लोक दोहरी राष्ट्रीय गायक मनसुधन थापा मगर र गायिका सिला गुरूड्ग संयुक्त धमका मचाएका थिए भने नानी हरूको मोडल नाच र बृिद बुवा गाएक के रि बिर थापा को गित बुध्द का आखा र राष्ट्रीय भावना ले भरिएको गित गायर सबैलाई मन्त्र मुक्त बनाएका थिए भने प्रथम नौमती बाजा गुल्मी युके समुह को आकर्षक धुन संग स्थानिय कोसेली गुरूप बाट बिजोद प्रस्तुती ले दर्शक लाई एकै ठाउ रमाउदै नाचेर भरपुर्र मनोरन्जन लिएको थिए। भने गोर्खा साऊण्ड एण्ड DJ ले झन अन्त सम्म उफार्नु सम्म उफारी मनोरंजन को साथ करिब बेलुकी ११.३० समाप्त भएको थियो।
सम्पुर्ण टिकेटीड्ग र शुर्रक्षा को बन्दो बस्त कोषअध्यक्ष हिरा पुनले मिलाउनु भएको थियो भने पिउने पदार्थ को सम्पुर्ण बन्दोबस्त असोक थापा को नेत्रीतो मा निकै भोल्नतीयर हरू को सहयोग मा सम्पन भएको थियो
भने नया मेम्बर हरू लाई दर्ता गर्ने र नबिकणन गर्ने मा मेम्बरसीप सेक्ट्ररी निर्मल श्रीस गर्नु भएको थियो ।
सो मेलामा मगर संस्कृति झल्कने विभिन्न भेषभूषाका साथ सहभागीहरूले सांस्कृतिक प्रस्तुती पेश गरेका थिए ।






