सिड्नी । रुपन्देही सामाजिक संजाल अस्ट्रेलियाले रुपन्देहीको मर्चवारका विपन्न, अनाथ, असाहय तथा सीमान्तकृत समुदायका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।
संजालले शनिवार अमुवामा एक कार्यक्रम गरि रायपुर बगौलि सिलौटियाका बालबालिकाहरुलाइ उक्त सहयोग सामाग्री वितरण गरेको हो । लुम्बिनी प्रदेश सभा सदस्य (बिधायक) कन्हैया बनिया,वडा नं २ का वडाध्यक्ष शसिदयाल चौधरी,वडा नं ४ का वडाध्यक्ष ओम प्रकाश,चौधरी वडा नं ७ का वडाध्यक्ष गणेश चौधरीको रोहबरमा संजालका अध्यक्ष मुक्तिराम पोखरेल,संस्थाका सल्लाहकार कमल प्रसाद भण्डारीले शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य कन्हैया बानियाँले सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्दै अस्ट्रेलियाबाट मर्चवारलाई माया गरेर यति ठुलो सहयोग गरेको भन्दै यसले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य राजमन प्रसाद हरिजन, बगौलि माविका प्रधानाध्यापक चन्द्रमणि चौधरी, वडा नं ७ का वडाध्यक्ष गणेश चौधरी, वडा नं ४ का वडाध्यक्ष ओम प्रकाश चौधरी,जनता मा.बि.ओडवलियाका शिक्षक सन्तराम गुप्ता, अमवा मा.बि.का शिक्षक रामप्रीत चौहान लगायतले संजालले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।
संजालका अध्यक्ष पोख्रेलले आफुले विगतमा मर्चवारमा सामाजिक क्षेत्रमा काम गरेको स्मरण गर्दै अहिले केहि सहयोग गर्न पाउदा खुसी लागेको बताए । उनले सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रमको संचालन समाजिक अगुवा कमलेश प्रसाद चौधरीले गरेका थिए ।






