लिस्वन । कोभिडका कारण पोर्चुगलमा ज्यान गुमाउने नेपालीको संख्या दुई पुगेको छ । २७ वर्षीय एक नेपाली युवकको उपचारका क्रममा निधन भएसंगै निधन हुनेको संख्या दुई पुगेको हो ।
साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी दुई वर्षदेखि पोर्चुगलमा थिए ।
तनहुँ घर भएका ती युवक विगत एक महिनादेखि निमोनिया र कोभिड संक्रमणका कारण अस्पतालको आइसोलेसनमा बसेर उपचार गराइरहेका थिए ।
कोभिडका कारण ज्यान गुमाउने उनी छैटौँ व्यक्ति भएको त्यहाँको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोभिडका कारण यसअघि एक नेपाली महिलाको उपचारको क्रममा निधन भएको थियो ।






