तक्दीर अधिकारी
सिड्नी । सन् २०१३ मा स्थापना भएको नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन (नाया)ले तेस्रो साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाले प्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन ग-यो । कार्यसमितिको उपाध्यक्षहरुमा शेखर तिवारी, अनुपराज न्यौपाने, रमेश केसी, युवराज भण्डारी चयन भएका छन् भने महासचिवमा पूजा चन्द, सचिवमा सागर काफ्ले र कोषाध्यक्षमा नारायण पाण्डे रहेका छन् ।
यसैगरी सदस्यहरुमा सन्देश राजभण्डारी, विश्वास अधिकारी, अनिल पोखरेल, जमुना सुवेदी, निजन चौलागाईं, दिवस पोखरेल, कृष्ण पोखरेल, विष्णु काफ्ले, श्रवण भट्टराई र अर्जुन गौतम रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिँदै निवर्तमान अध्यक्ष प्रकाश खरेलले भने, लोकतान्त्रिक विचारधारा समेट्दै एसोसिएसनले विशेषतः खेलकुद र संस्कृति संरक्षणलाई महत्व दिएर गतिविधि गर्दछ । आफ्नो दुई वर्षे कार्यकाल सन्तोषजनक रहेको लन्डन नेपाल न्यूज डटकमलाई प्रतिक्रिया दिए ।






