काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको ढलेका छ। विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि ओलीको सरकार ढलेकोहो।
प्रधानमन्त्री ओलीले लिएको विश्वासको मतको पक्षमा जम्मा ९३ जना सांसदले मत दिएका छन्। प्रधानमन्त्री पदमा कायम रहन ओलीले १ सय ३६ मत पाउनुपर्ने थियो।
यसको विपक्षमा १ सय २४ मत परेको छ। त्यस्तै, १५ सांसद टतस्थ बसे। प्रतिनिधि सभा बैठकमा जम्मा २ सय ३२ सांसद उपस्थित भएका थिए।
प्रतिनिधि सभाका तीन ठूला दलले नयाँ सरकारको प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
वक्तव्यमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपति विद्या देवी भण्डारीलाई आग्रह आह्वान गरेका छन्।






