गुल्मी जिल्ला समाज यूकेद्वारा आशा अपांङ्ग केन्द्रलाई सहयोग रकम हस्तान्तरण

12805899_10153499885408105_6539952905983188154_n[1]जनार्दन घिमिरे

गुल्मी, २४ फागुन ।

गुल्मी जिल्ला समाज यूकेले गुल्मीको आशा अपांङ्ग केन्द्रलाई तीन लाख रुपैंयाँ आर्थिक सहयोग उपलव्ध गराएको छ । जिल्लामा लामो समयदेखि क्रियाशिल रुपमा अपांङ्गताको क्षेत्रमा काम गर्दै आईरहेको उक्त संस्थालाई सोमवार सदरमुकाम तम्घासमा आयोजित एक समारोहमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

समाजको तर्फ उपलव्ध गराएको रु तीन लाख रुपैंयाको चेक रकम संस्थालाई हस्तान्तरण गर्दै गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुन गौतमले आशाले जिल्लामा अपांङ्गताको क्षेत्रमा पुराउँदै आएको योगदान प्रंशसनीयमात्र नभएर उदारणीय समेत रहेको बताउनु भएको छ ।

‘गुल्मी जिल्ला समाज यूके र यस केन्द्रको सम्वन्ध एउटा नङ र मासु जस्तो बनेको छ, अपांङ्गताको क्षेत्रमा काम गर्न त्यत्ति सहज पनि छैन,’ उहाँले भन्नु भयो – हजुरहरुले सेवालाई निरन्तरता दिँदै जानुहोला, हाम्रो साथ सधै रहिरहने छ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले विभिन्न पेशा र व्यवसायको शिलसिलामा विदेशमा पुगेर पनि आफ्नो देश र जिल्लाको विकासको लागि सहयोग पुराउने उद्देश्यले गुल्मी जिल्ला समाज यूकेले गरेको सहयोग अत्यन्तै महत्वपूर्ण र उदारणीय भएको बताउनु भयो ।

‘राज्यले बरु उहाँहरुलाई गर्नु पर्ने सहयोग गर्न नसकि रहेको अवस्था छ, तर विदेशमा रहेर पनि उहाँहरुको तनमन सधै आफ्नै मातृभूमिमा छ, उहाँले भन्नु भयो – अपांङ्गताको लागि यूके समाजले गरेको यो सहयोगले जिल्लामा अपांङ्गता भएकाहरुमा थप आत्मवल र मनोवल समेत बढाएको छ ।’

कार्यक्रमा संस्थाकि उपाध्यक्ष गंगा रायमाझीले संस्था स्थापना भएपछि गुल्मी जिल्ला समाज यूकेले हालसम्म उपलव्ध गराएको आर्थिक सहयोग र उक्त सहयोग प्राप्त भएपछि संस्थाले गरेका कामहरुको वारेमा जानकारी गराउनु भएको थियो । गुल्मी जिल्ला समाज यूकेले विश्व अपांग दिवशको अवशर पारेर प्रत्यक वर्ष च्यारिटी सो कार्यक्रमको आयोजना गरि उक्त सहयोग संकलन गर्दै आईरहेको छ ।

यस वर्ष पनि सोही कार्यक्रम मार्फत संकलन गरेको रकम हस्तान्तरणका लागि अध्यक्ष गौतम सहित उपाध्यक्ष विनोद ज्ञवाली, सल्लाहका मोती भण्डारी, कोषाध्यक्ष राजन खरेल सहतिको टोली गुल्मी आई पुगेको हो । समाजले गुल्मीको, समाजीक, शैक्षीक, धार्मिक लगायतका विभिन्न संघ संस्थाहरुमा समेत सहयोग प्रदान गर्दै आईरहेको छ ।

आशा अपांङ्ग केन्द्रलाई रु तीन लाख रुपैंयाँको चेक हस्तान्तरण गर्दै गुल्मी जिल्ला समाज यूकेका पदाधिकारीहरु ।12805899_10153499885408105_6539952905983188154_n[1]12042732_10153499885588105_1647414274046415224_n[1]12791021_10153499886123105_2595701143496226199_n[1]12790884_10153499886028105_1719743569572433864_n[1]12805825_10153499886363105_205777584863134705_n[1]