लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी प्रचार अभियान तीब्र बनाएका छन् ।
यसैबिच एनआरएन युके पूर्व सचिव तारानाथ भण्डारी आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवार भएका छन।
निवर्तमान कार्यसमितिमा नागरिकता संयोजक समेत रहेका भण्डारीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
मिडल्यान्डको नोटिङघामका सफल व्यवसायी भण्डारीले आफुलाई सिंगो मिडल्यान्डको समर्थन रहने जनाएका छन् ।

पूर्व सचिब तारानाथ भण्डारीले एनआरएन युकेको २०१७/२०१९ को कार्यकालमा मिडल्याण्ड लाई एनआरएनको मुलधारमा ल्याउन सफल योगदान गरेका थिए।
तत्कालिन एनआरएन यूके उपाध्यक्ष एवम् च्यारिटी विभाग प्रमुख प्रेम गाहा मगर संयोजक रहेको एनआरएन यूके च्यारिटी विभागको आयोजनामा मिडल्याण्ड क्षेत्रका क्रियाशिल १३ वटा नेपाली संस्थाहरुको सहकार्यमा बर्मिङ्गघममा आयोजित ‘भ्वाइस अफ नेपाल’ च्यारिटी कन्सर्टमा त्यस क्षेत्रका नेपालीहरु उल्लेख्य रुपमा सहभागी बनाउन भण्डारीले ठुलो भूमिका खेलेका थिए।
भ्वाइस अफ नेपालको कार्यक्रममा झण्डै ६ सय स्थानीय नेपालीहरु सहभागी भएको कार्यक्रमको सहसंयोजकको भूमिका तत्कालिन सचिव भन्डारीले गरेका थिए ।
गुल्मी जिल्ला समाज युकेका उपाध्यक्ष भण्डारी साझा नेपाली समाज युकेका संस्थापक सदस्य हुन । उनी नेपाली समाज नोटिघमका सस्थापक कोषाध्यक्ष तथा भुतपुर्व अध्यक्ष हुन ।

साथै डर्बी नेपाली समाजमा पनि भण्डारी सस्थापक सदस्य थिए ।गुल्मी रुपाकोटका भण्डारी रेष्टुरेन्ट र केटरिङ ब्यवसायमा संलग्न छन ।
‘एनआरएन एबम बिभिन्न संघ सस्थामा कामका आधारमा मेरो नेटवर्क राम्रो छ ,विगतमा काम गरेको अनुभव र भोलीका दिनमा सुधार गरेर अघि बढ्नका लागि यसको कार्यक्षेत्र बारे अध्ययन भएको व्यक्ति भएको नाताले म नेतृत्व गर्न सक्षम छु।भण्डारीले लन्डन नेपाल न्यूज सँग भने !






