सिड्नीमा हर्षपूर्वक तमु ल्होछार मनाइँदै

तक्दीर अधिकारी
सिड्नी । तमु समाज सिड्नीले सांगीतिक माहोलमा यो वर्षको तमु ल्होछार मनाउने भएको छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष (वर्ग सर्ने) भन्ने अर्थ लाग्दछ । पुष १५ गुरुङ समुदायको नयाँ वर्ष हो । यस वर्ष ‘च्यु ल्हो’ नयाँ वर्षका रुपमा मनाइने समाजका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए ।

विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक रहने यस तमु वर्षमा गएको वर्ष फो ल्हो (मृग) को वर्ष थियो भने यस वर्ष मुसा वर्ष अर्थात् ‘च्यु ल्हो हुनेछ ।

ल्होछार तमु समाज सिड्नी न्यू साउथ वेल्सको आयोजनामा ४ जनवरी शनिबारका दिन मनाइने छ । आधुनिक गायनमा नाम चलेकी गायिका मिलन अमात्य नेवारले कार्यक्रमलाई सांगीतिक वातावरण बनाउने महासचिव अर्जुन गुरुङले जानकारी दिएका छन् । कार्यक्रम माराना अडोटेरियममा आयोजना हुदैछ ।

कार्यक्रममा नेपालको परम्परागत खाना, सांस्कृति भेषभुषाको प्रदर्शन तथा सांगीतिक कार्यक्रमलगायत विविध मनोरञ्जनका साथ मनाइनेछ ।

संस्थापक अध्यक्ष प्रेमकाजी गुरुङको पालादेखि सिड्नीमा ल्होछार सन् १९९६ देखि मनाउँदै आएको र तमु ल्होछार विशेष हर्षका साथ आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गर्न सम्पूर्ण अस्ट्रेलियाबासीमा तमु समाज सिड्नीले आमन्त्रण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *