तक्दीर अधिकारी
सिड्नी । नेपाली युथ फोरम अस्ट्रेलियाको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले दामोदर रावललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । फोरमको उपाध्यक्षमा झलक गुरुङ, महासचिवमा मुगेन्द्र गौतम, सचिवमा राम रेग्मी, कोषाध्यक्षमा नम्रता शर्मा रहेका छन भने संस्थाको प्रबक्ता र पब्लिक अफिसरमा क्रमशः शिव पौडेल र अजय गिरी रहेका छन् ।
यसैगरी संस्थाका कार्यसमिति सदस्यमा समिर आचार्य, पदम अधिकारी, रोशनी श्रेष्ठ, दिपक न्यौपाने, भुपेन शर्मा, विकल्प घिमिरे, कलम खड्का, शसांक बस्याल, किशोर बिष्ट, प्रवेश अधिकारी, रमेश सोडारी, सुमन बुढाथोकी, सुवास लामिछाने, सूर्य न्यौपाने, नवकिरण गौतम, भरतराज ढुंगाना, रञ्जित घिमिरे र चन्द्र खत्री सर्बसम्मत चयन भएका छन् ।
संस्थाले संरक्षकमा भरत देवकोटा, सागर अधिकारी र मुक्तिराम पोखरेल चयन गरेको छ भने सल्लाहाकारहरुमा दीपक जोशी, मनऋषि धिताल, स्वतन्त्रप्रताप शाह, युवराज भट्टराई र हेमराज भट्टलाई मनोनयन गरेको छ ।
नयाँ कार्यसमितिको घोषणा पश्चात् कार्यक्रममा उपस्थित समुदायका अगुवाहरु, विभिन्न संघसंस्थाबाट आमन्त्रित नेपाली समुदायका प्रतिनिधिले नयाँ कार्यसमितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए । नव निर्वाचित अध्यक्षले रावलले आफू भाषणभन्दा काम गर्न मन पराउने उद्घोषसँगै सबैको सहयोगको अपेक्षा राखेको बताए ।
झन्डै ६ वर्ष अगाडि स्थानीय कलाकारलाई सम्मान गर्ने र उनीहरु भित्र रहेको कलालाई उचित स्थान दिनुका साथै अस्ट्रेलियामा रहेका नवप्रतिभालाई उजागर गर्ने अभिप्राय बोकेर स्थापना भएको नेपाली युथ फोरम अस्ट्रेलियाको यो दोस्रो अधिवेशन हो ।
सिड्नीस्थित थर्ड आईको सभा हलमा भएको सो कार्यक्रमको बन्द सत्रबाट २५ सदस्य कार्य समिति सदस्य सर्वसम्मतमा चयन भएका थिए ।
सभामा समुदायका अगुवा, विभिन्न संघ संस्थाबाट आमन्त्रित नेपाली समुदायलाई माया गर्ने व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष सागर अधिकारीको रहेको थियो भने प्रमुख अतिथिमा एनआरएनएए आईसीसी ओसिनिया संयोजक होम पाण्डे, विशेष अतिथिमा एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देवबहादुर गुरुङ र प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाका संयोजक रमेश पाण्डेको रहेको थिए ।






