लन्डन । प्रभु गुरुङको निर्देशन तथा कोरियो ग्राफीमा तयार भएको म्युजिक भिडियो ‘चट्ट परेर’ भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक भएको छ।लन्डनमा सुटिङ भएको उक्त म्युजिक भिडियोमा स्विटी गुरुङको स्वर छ भने, भजन गुरुङको रचना रहेको छ ।
सुमन श्रेष्ठ र गुणदेव घिमिरेले खिचेको म्युजिक भिडियोमा रजनी गुरुङलाई दीपक थापा मैथाने मगरले अभियानमा साथ दिएका छन् । लन्डनको ओभर ग्राउन्ड रेल स्टेसनबाट सुरु भएको उक्त गीतमा अञ्जना गुरुङले संगीत भरेकी हुन् । लोक लयमा तयार भएको उक्त म्युजिक भिडियोको विपिन अधिकारीले एरेन्ज गरेका हुन् । भिडियोमा आमाको मुख्य भूमिकामा चमेली मगरको निकै मार्मिक अभिनय रहेको छ ।

‘चट्ट परेर, माया तिमलाई भेट्न आएँ रेलै चढेर’ शीर्ष बोलको गीत सुन्दा जति कर्णप्रिय लाग्छ, त्यत्ति नै म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारले सुनमा सुगन्ध थपिदिएका छन् ।
यस्तो बन्यो ‘ [भिडियो]






