कास्की २ मा कांग्रेसको उम्मेदवार खेमराज पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २ बाट खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको कांग्रेसको पदाधिकारी बैठकले पौडेललाई उम्मेवार बनाउने निर्णय गरेको हो । यसैबीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पदाधिकारी बैठक बहिष्कार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *