तक्दीर अधिकारी
सिड्नी । विश्वमै फैलिएको कोभिड– १९ ले आम मानिसको जीवन अस्थव्यस्त बनाएको छ । यस्तो दुखद परिस्थितिको सामना गर्न नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका सम्पूर्ण राज्य अध्यक्षहरुलाई तयार रहन नेपाली कांग्रेस जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले निर्देशन दिएका छन् । आपतकालिन परिस्थितिमा यो वा त्यो नभनी सबैसँग हातेमालो गर्दै यो महामारीविरुद्ध लड्न उनले सबै जनसम्पर्क समिति अस्ट्रेलियाका सम्पूर्ण राज्य अध्यक्षहरुलाई निर्देशन दिएका हुन् ।
गत आइतबार २६ अप्रिल २०२० मा भएको भिडियो कन्फेरेन्समा आठवटै राज्यका नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्षहरुको उपस्थिति थियो । विभाग प्रमुख भट्टराईले गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियासँग समन्वय गरेर सम्पूर्ण कार्य गर्न जोड दिए ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलले जनसम्पर्क समिति अस्ट्रेलियाका सम्पूर्ण राज्य अध्यक्ष तथा प्रतिनिधिहरुले यो कोरोनाविरुद्धको लडाइमा एनआरएनए अस्ट्रेलियालाई सहयोग पु¥याएकोमा धन्यवाद प्रकट गरे ।
एनएडिएफ अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सापकोटा, पूर्वअध्यक्ष विवेक थापा एनआरएनए अस्ट्रेलिया पुर्वअध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन ओसियाना पूर्व संयोजक महेन्द्र लम्साल, वर्तमान एनआरएनए ओसियाना सहसंयोजक नबिन कंडेल, एनआरएन आइसीसी सदस्यद्वय नारायण काफ्ले र दुर्गा आचार्य, नेपाली कांग्रेस माहसमिति संदस्य कन्चन पोख्रेललगायतका वक्ताहरुले कोरोना विरुद्धको लडाइमा सबै एक जुट हुनुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ अस्ट्रेलिया अध्यक्ष हेमन्त काफ्ले ले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी तथा समुदायलाई राहत तथा विभिन्न सहयोग लागि यो घडी सबै जन एकजुट भएर अ-आफ्नो जिम्मेवारी बहन गरी सहयोग अभियानमा जुट्नु पर्नेमा जोड दिए
करिव ४ घन्टासम्म भच्युल छलफल चलेको थियो । बक्ताहरुले नेपालबाट आउँदै गरेको नेपाल एयरलाइन्सको चार्टर विमानमा अस्ट्रेलियामा भएका नेपाली नागरिकलाई फिर्ता लैजाने कुरामा पनि छलफल गरेका थिए । अस्ट्रेलियामा भएका नेपाली नागरिकलाई नेपाल लैजाने कार्यमा जनसम्पर्क विभाग प्रमुख भट्टराईले नेपाल सरकारलगायत अन्य सम्बन्धित निकायसँग छलफल गर्ने बताएका थिए ।
अ‘ास्ट्रेलियाको कोरोना र अन्य विषय बस्तुसम्बन्धी बिवरण जनसम्पर्क समिति अस्ट्रेलिया कुइन्सल्यान्ड अध्यक्ष अभिमन्यु केसीले प्रस्तुत गरेका थिए । यस्तै अन्य राज्यअध्यक्षहरु बिनित शर्मा, सबिन बराल, अशोक सुवेदी, अर्जुन लम्साल, दिपक पराजुली र द्वारिका दवाडीले आ–आफ्नो राज्यको वस्तुस्थिति प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया एनयसडब्ल्यु राज्यका अध्यक्ष इथान (थानु) शाक्यले गरेका थिए ।






