लन्डन । मिस नेपाल अनुष्का श्रेष्ठलाई मिस वल्र्डको उपाधि जिताउन बेलायतमा रहेका नेपाली समुदायसँग सहयोगको आग्रह गरेकी छन् । मिस वल्र्ड प्रतियोगिता आउँदो डिसेम्बरमा बेलायतले आयोजना गर्दैछ । बेलायतमा रहेका नेपाली संघसंस्था तथा समुदाय अनुष्काले सहयोगको आग्रह गरेकी हुन् । मिस वल्र्डको ताजभन्दा अगाडि प्रतियोगीले मल्टी मिडियो अवार्ड जित्नुपर्छ । मल्टी मिडियाको शीर्ष २० मा पर्नेहरु मात्र उपाधिको दौडमा भाग लिन पाउँछन् । मल्टी मिडियाको अवार्ड जित्नका लागि उनले आम नेपाली समुदाय सहयोग मागेकी हुन् ।
मल्टी मिडिया अवार्ड जिताउन के गर्ने ?
लन्डनमा आयोजना हुन लागेको मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले प्रतिनिधित्व गर्दैछिन् । मिस नेपाल श्रेष्ठलाई मिस वल्र्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात् टप–२० भित्र पर्नको लागि सहयोगको आवश्यकता पर्छ ।
मिस नेपाल अनुष्कालाई मल्टिमिडिया अवार्ड जित्नको लागि लाइकको आवश्यक पर्छ । जसको लागि मोबस्टार (MOBSTAR) एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरी लाइक गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । कुनै समय एप्समा कुनै प्राविधिक कठिनाई आयो भनेर झर्को नमानिकन रिफ्रेस वा रिइस्टाट गरिदिनु हुनसमेत आग्रह गरिएको छ । हरेक फोटोको एक लाइक एक भोटको रुपमा गणना हुनेछ ।

अनुष्काको प्रारम्भिक जीवन अनुष्का श्रेष्ठ सन् १८ जुन १९९६ मा काठमाडौमा जन्मिएकी हुन । उनको बाल्यकाल काठमाडौंमै बित्यो । उनले प्लस–२ सम्मको शिक्षा काठमाडौंमा नै पूरा गरिन् । त्यसपछि भने उनी बाँकी अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् । उनले अष्ट्रेलियाको सिड्नीमा स्नातक पूरा गरेकी थिइन् । उनले व्यवस्थापन संकायमा स्नातक गरेकी छन् ।

कला क्षेत्र
अनुष्का श्रेष्ठ मिस नेपाल प्रतियोगितामा सहभागीता जनाउनुपूर्व अष्ट्रेलियाको एक बैंकको कर्मचारीका रुपमा काम गर्दथिइन । उनी मिस नेपाल २०१९ का लागि भनेर अष्ट्रेलियादेखि जागिर छाडेर नेपाल आएकी थिइन् । उनले नेपाललगायत अष्ट्रेलियामा मिस नेपाल २०१९ सहित अन्य सौन्दर्य प्रतियोगिताहरू जितेकी थिइन् । उनी मिस नेपाल ओसिनिया २०१८ को उपाधि विजेतासमेत हुन ।

बिउटी विथ प्रपोज प्रोजेक्ट
मिस नेपाल बन्नुअघिको पाँच वर्ष अष्ट्रेलियामा बस्दै आएकी मिस नेपाल श्रेष्ठले अहिले बिउटी विथ प्रपोच प्रोेजेक्ट सञ्चालन गरिरहेकी छिन् । सिन्धुपाल्चोकको विकट गाउँमा श्रेष्ठले दिगो विकास गर्ने उद्देश्य अनुरुप महिलाहरुलाई केन्द्रित गरेर सो प्रोजेक्ट सञ्चालन गरिरहेकी हुन ।
महिलाहरुको स्रोत साधन बढाउने मात्र नभएर आयआर्जन बढाउने मुख्य ध्येय राखेर अनुष्काले महिलाहरुलाई कार्पेट बुनाई, (गलौचा), इँटा बनाउने (इन्टरलकिङ ब्रिक), स्टोन कटिङ र धुप बत्ती बनाउने गरी चारवटा सीपमूलक तालिम सञ्चालन गरिरहेकी हुन । प्रोजेक्टले सुरुमा तालिम दिने, स्रोत साधन दिने र पछि समूह बनाउन लगाएर स्थानीय सक्षम सहकारीमार्फत ऋण मार्फत स्थानीय उत्पादन गर्ने र सो उत्पादन सहकारी आफैले किनिदिने तथा बजारीकरण गर्ने गरि अगाडि बढाइनेछ ।
उनले मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै मिस वल्र्डको उपाधि जितेकी हुन् । मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ रु भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन्






