लन्डन ।गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा डीबी क्षेत्री मनोनीत हुनुभएको छ । अध्यक्ष कुमार पन्तले मध्यपूर्वका क्षेत्रीलाई प्रवक्ता मनोनीत गर्नुभएको हो । अघिल्लो कार्यकालमा सचिव रहनु भएको क्षेत्री आगामी दुई वर्षे कार्यकालको लागि प्रवक्तामा चुनीनु भएको हो ।
संघको नवौ विश्व सम्मेलनमा महासचिवको दाबेदार क्षेत्रीले अन्तिम समयमा पन्त नेतृत्वलाई समर्थन जनाउँदै पछि हट्नु भएको थियो ।एनआरएनएका निवर्तमान सचिब रहेका क्षेत्री बैदेशिक रोजगारीमा सामाजिक सुरक्षाको बिषय उठाउने पहिलो एनआरएन अभियन्ता हुन ।
एनआरएन ‘हजारे अभियान’का अभियन्ता तथा लामो समय देखि खाडी क्षेत्रमा कार्यरत क्षेत्री दुई कार्यकाल एनआरएन ओमानको अध्यक्ष भै सकेका छन् l






