चलचित्र कलाकार संघ यूकेको अधिवेशनमा केन्द्रीय अध्यक्ष रविन्द्र खड्का र धीरेन शाक्य लन्डन आउदै

शिब भण्डारी

लन्डन । नेपाल चलचित्र कलाकार संघ यूके शाखाको प्रथम अधिवेशन हुने भएको छ । १७ नोभेम्बर आइतबारका दिन आयोजना गरिएको उक्त अधिवेशनमा सहभागी हुन केन्द्रीय अध्यक्ष रविन्द्र खड्का र नायक धीरेन शाक्य नेपालबाट लन्डन आउने यूके शाखाले जनाएको छ । अध्यक्ष खड्का संघको १७ औं कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा विजयी भएका हुन् ।

चलचित्र कलाकार संघ यूके संयोजक रोमियन लिम्बुले दिएको जानकारी अनुसार नेपाल कलाकार संघ यूकेको यो पहिलो अधिवेशन हो । बेलायतको अल्डरशटस्थित द प्लेस रेस्टुरेन्टमा आयोजना गरिएको अधिवेशनमा सहभागिताका लागि सम्पूर्ण कलाकार तथा शुभ चिन्तकहरुलाई आह्वान गरिएको छ ।

संयोजक रोमियन लिम्बूले गत २५ अक्टुबरमा आयोजना गरेको एक कार्यक्रममा नेपाली चलचित्रका लिजेन्ट उद्धव पौडेल र चलचित्र निर्देशक खगेन्द्र लिम्बू लगयत चलचित्र कर्मीलाई सम्मान गरिएको थियो ।

स्थाई घर झापा बिर्तामोडकी रोमियन बेलायतस्थित विभिन्न संघसंस्थामा आवद्ध छन् । बेलायतमा बसेर नेपाली चलचित्रमा समर्पित लिम्बू सफल नायिका पनि हुन् । एकताबद्ध भएर यस क्षेत्रमा क्रियाशील रहने प्रतिबद्ध रहेकी संयोजक लिम्बूलाई बेलायत स्थित धरै नेपाली चलचित्रकर्मीले साथ दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *