‘फिल्म फेयर अवार्ड’ जुलाई १ मा, ४० भन्दा बढी कलाकार बेलायत आउँदै

शिव भण्डारी

लन्डन– प्रत्येक वर्ष अलग अलग देशमा हुँदै आएको ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ यस वर्ष बेलायतमा हुने भएको छ ।

Gorkha readio 2017 309
बिकास देवकोटा जीवन सेन, ओजेश सिंह, युवराज सिंह करण तामाङ र धुर्ब दत्त

थर्ड आई नामक संस्थाले आगामी जुलाई १ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्न लागेको जानकारी दिएको छ । सोमबार लन्डनमा पत्रकार सम्मेलन गर्दै आयोजक थर्ड आईका विकास देवकोटाले ०७३ सालभर प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विद्यामा अवार्ड दिइने जानकारी दिए । अवार्डका लागि उत्कृष्ट गीत, संगीत, नृत्य, गीतकार र संगीतकारको मनोनयन र छनोट प्रक्रिया लन्डनबाट र अन्य विद्यामा मनोनयन र छनोट नेपालबाटै गरिने देवकोटाले बताए ।

अवार्डका लागि वरिष्ठ फिल्म अभिनेता निर शाह, शिव श्रेष्ठ, भुवन केसी, करिष्मा मानन्धर, प्रियंका कार्की, स्वेता खड्का, दीपकराज गिरी, दीपाश्री निरौला लगायतका ४० भन्दा बढी कलाकार बेलायत आउने कार्यक्रम छ ।

अमेरिकाबाट कम्तीमा दश जना कलाकार आउने र बेलायतकै स्थानीय कलाकारहरु समेत कार्यक्रममा सहभागी हुने जनाइएको छ । लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

Gorkha readio 2017 310
पत्रकार सम्मेलन पछि आयोजक संग सामुहिक तस्बिर:

नेपाली फिल्मलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले अवार्ड आयोजना गरेको देवकोटाले बताए । उक्त अवार्ड कार्यक्रम गत वर्ष क्यानाडामा गरिएको थियो ।

पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट देवकोटासहित जीवन सेन, ओजेश सिंह, युवराज सिंह र करण तामाङले बोलेका थिए । उक्त अवसरमा यती एसोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तान, कोशेली अध्यक्ष शर्मिला सिंह, नर्सिङ एसोसिएसन यूके अध्यक्ष प्रसुना कँडेल, कोडेक अध्यक्ष शंकर दाहाल, देब गुरुङ ,बिरेन्द्र खड्का एबं कान्तिपुर दैनिकका बेलायत संवाददाता नविन पोखरेल, पत्रकार महासंघ यूकेका सचिव शिव भण्डारी, पत्रकार एभेरेष्ट गौतम,वीरेन्द्र श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।