तामाङ सोसाइटीद्वार​ सिड्निमा ड​म्फु साझ​को आयोज​ना

अनु तामाङ
सिड्नी । तामाङ् सोसाइटी सिड्नी अष्ट्रेलियाले आफ्नो दशौ वार्षिक उत्सबको अबसरमा डम्फु साँझको आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी अक्टोबर १९ शनिबारको दिन ५८८ प्रिन्सेस हाइवए रक्डेल स्थित इन्द्रेनी फङ्सन् सेन्टरमा साझ ५ बजे सुरु हुनेछ । कार्यक्रम भब्यतका साथ मनाउन गैरहेको हुनाले सिड्नी वरिपरि रहनुभएको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि अहावान गरिएको छ।

तामङ सोसाइटी (एनएसडब्लु) २००९ मा स्थापना भएको थियो र स्थापना कालदेखी अहिलेसम्म अइपुग्दा सस्था बिभिम्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा अगाडि बढीरहेको साथसाथै आफ्नो धर्म कला संस्कृतिलाई जिबन्त प्रदान गर्न बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको सस्थाका बर्तमान अध्यक्ष सुन​दोर्जे तामाङ्ले जानकारी दिनुभएको छ।

कार्यक्रममा ३ कोर्स डिनर स​हित्, अष्ट्रेलियामा नाम चलेका कलाकारहरु दिल तामाङ्, सुजता उपध्याय र सुबाश् लामा को बिशेष प्रस्तुति का साथै बिभिन्न  मनोरन्जनात्मक प्रस्तुतिहरु समाबेश गरिएको छ। कार्यक्रमको इन्ट्री शुल्क $३५ राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *