जनताको काम छरितो सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन

रत्ननगर (चितवन)- भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेलाई आज गृहजिल्लामा बाजागाजासहित स्वागत तथा सम्मान गरिएको छ ।

मन्त्री भएको खुसियालीमा विभिन्न एक दर्जनबढी सङ्घसंस्थाले आज भरतपुरमा उहाँलाई सम्मान गरेका हुन् । उहाँलाई यहाँका स्थानीयवासीले ¥यालीसहित विभिन्न टोलमा परिक्रमा नै गराएका थिए ।

यसअघि आज दिउँसो मन्त्री पाण्डेले जिल्ला मालपोत कार्यालयका कर्मचारीहरूसँग छलफल गर्नुभएको थियो । छलफलमा उहाँले जनताका काम छिटो छरितोरुपमा गर्न निर्देशन दिँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने वचनबद्धता प्रकट गर्नुभएको थियो ।