बेलायतमा दशैंको शुभकामना आदानप्रदान !

लन्डन । जहाँ नेपाली, त्यहीं नेपाल। नेपालीहरुको सबैभन्दा ठूलो चाड विजया दशमीको अवसरमा मंगलबार, ८ अक्टोबरका दिन बिहानैदेखि चहलपहल शुरु भएको छ। साउथ इस्ट लन्डनस्थित पशुपतिनाथ मन्दिर, साउथहलस्थित श्री राम मन्दिर लगायत अरु मठ मन्दिरहरुमा पनि नेपाली समुदाय भेला भएर पण्डितहरुबाट आशिर्वचन सहित टिका लगाउने कार्यक्रम छ
पशुपतिनाथ मन्दिर यूकेका मूल पूजारी नीलहरि घिमिरेका अनुसार विजयी दशमी ८ अक्टोबर मंगलबार बिहान ८ देखि ११ बजेसम्म टिका जमरा लगाउन सकिन्छ, तर टिकाको मूल साइत भने १० बजेर १५ मिनेटलाई उत्तम मानिएको छ । टिका जमरा ग्रहण गर्नका लागि मन्दिर साँझ ५ बजेसम्म खुला रहने पशुपतिनाथ मन्दिरले जारी गरेको नवरात्री कार्यक्रममा उल्लेख छ ।

विजय दशमी मंगलबार परेकोले कतिपयको काममा छुट्टी नमिलेका नेपालीहरुले चाहीं छोरा, छोरी स्कूलबाट फर्के पछि सांझ घरमै टिका लगाउने कार्यक्रम रहेको बताएका छन् ।
“दशैं सबै जातजाति, भाषा भाषी नेपालीको साझा चाड हो। यसलाइ हामीले परिवारभित्र र समाजमा पनि एकता, प्रेम र सद्भाव फैलाउने गरी मनाउनु पर्छ,” समाजसेवी पण्डित चिरन्जीवी ढकालले बताउनु भयो।

यसै बीच पश्चिम लन्डन स्थित विश्व हिन्दू मन्दिर साउथहलमा भने यस पटक देखिएन दशैं चहलपहल । पश्चिम लन्डनका नेपाली पण्डितहरु यस यसपटक दसैँ मान्न नेपाल गएका कारण यस्तो भएको पण्डित गोबिन्द नेपालले जानकारी गराएका छन् ।

आसुरी प्रवृत्तिको विरुद्ध सत्य र दैवी प्रवृत्तिको विजयको परिचायक पनि मानिने दशैं अघि नौ दिनसम्म नवदुर्गा देवीको पूजा, आराधना गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *