मधेसमा स्थानीय तहको संख्या थप्ने निर्णय फिर्तापछि संसदको अवरोध हट्यो

 

संविधान संशोधनमाथि सैद्धान्तिक छलफल शुरु

काठमाडौं, वैशाख १३– सरकारले मधेशका जिल्लामा स्थानीय तहको संख्या थप्ने निर्णय फिर्ता लिएपछि संसदको अवरोध हटेको छ ।

सरकारले स्थानीय तह पुनरावलोकनका गरिएको परिपत्र फिर्ता लिएसँगै व्यवस्थापिका संसदको मंगलबारदेखि भएको अवरोध हटेको छ । स्थानीय तहको संख्या बढाउने निर्णय गलत भएको भन्दै प्रमुख विपक्षी दल एमालेले संसद बैठक अवरोध गर्दै आएको थियो ।

दिउँसो ३ बजे बस्ने गरी स्थगित संसद बैठक स्थगित भएको थियो । प्रमुख दलहरुबीच लामो छलफलपछि ११ जिल्लामा स्थानीय तह थप्न सम्बन्धित जिल्लामा पठाएको प्रस्तावलाई सरकारले फिर्ता लिएपछि संसद सूचारु भएको हो ।

संसदको अवरोध हटेपछि संसदमा प्रस्तुत गरिएको संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।