तनहु समाज अष्ट्रेलियाको अनुकरणीय काम : मृगौला पीडत पत्रकार श्रेष्ठलाइ करिब २ लाख सहयोग

तक्दीर अधिकारी, सिड्नी
दुवै मृगौला फेल भइ उपचाररत तनहुँका फोटो तथा भिडियो पत्रकार राजु श्रेष्ठको उपचारको निम्ती सहयोग रकम संकलन भएको छ ।

तनहुँको व्यास नगरपालिका ४ घर भई चितवन बस्ने मिर्गौला पीडित पत्रकार श्रेष्ठको उपचारको निम्ती तनहुँ समाज अष्ट्रेलियाको पहलमा १ लाख ८१ हजार ४ सय ५ सहयोग गरिएको संस्थाका कार्यकारी सदस्य सन्देश राज भण्डारीले जानकारी दिए ।

दमौलीमा लामो समय देखी फोटो तथा भिडियो पत्रकारीता गरीरहेका श्रेष्ठको दुवै मृगौला फेल भइ मृगौला प्रत्योरोपण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा समस्या भएको भन्दै पत्रकार श्रेष्ठको परिवारले सहयोगको याचना गरेको छ ।

उक्त अवस्थाकोे जानकारी पाएसँगै संस्थामा आवद्ध तथा रोजगारीको निम्ती अष्ट्रेलियामा रहेका नेपालीहरु मार्फत रकम संकलन गरी सहयोग गरिएको समाजका अध्यक्ष दिनेश खनालले जानकारी दिए ।

उक्त रकम अष्ट्रेलियामा रहेका सन्देश राजभण्डारी, दिनेश खनाल, सूर्य खनाल, सिर्जना अधिकारी वाग्ले, दिनेश जोशी, सुरेन्द्र ज्वारचन, संज्ञा सुब्बा, हीरामान श्रेष्ठले सहयोग गरेका छन् ।

त्यसैगरी दामोदर अधिकारी, कमल ढकाल, ध्रुव गिरी, दिपेन्द्र उप्रेती, सुधन श्रेष्ठ, कमल श्रेष्ठ, सरोज भट्टराई, विष्णु सापकोटा, पिआर अधिकारी, रमेश बतास, अनिल पोख्रेल, बद्री खनाल, दामोदर श्रेष्ठ, सागर लोहनी, भवानी पौडेल, सन्तोष थापा, चित्र थापा, भीमसेन श्रेष्ठ, लक्ष्मी घिमिरे, माधव गैरे, सुदीप हड्खले, मेघराज पौडेल लगायतले सहयोग गरेको संस्थाले जनाएको छ ।