अष्ट्रेलियाको मेलवर्नमा कोरोनाको संक्रमण बढ्यो १४६ नेपाली संक्रमित संघ संस्थाहरुको यस्तो पहल

तक्दीर अधिकारी, मेलवर्न ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलवर्न शहरमा १ सय ४६ जना नेपालीलाई कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १०४ जना सक्रिय संक्रमित रहेका छन् भने ४२ जना नेपालीहरु संक्रमणमुक्त भइ घर फिर्ता भएका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युम्यान सर्भिसेस डिएचएचएसले जनाए अनुसार यो गत अगष्ट २ तारिखसम्मको तथ्यांक हो ।संक्रमणको संख्या अझै बढ्न सक्ने भएको कारण नेपालीहरुलाइ सचेत भएर बस्न आग्रह गरिएको छ ।हाल मेलवर्न मा चौथो चरणको लकडाउन गरिएको छ भने अत्यन्तै कडा नियमहरुको साथमा बन्दाबन्दी पालना भइरहेको छ ।

संक्रमणमा परेका तथा लकडाउनको कारण समस्यामा परेका नेपालीहरुलाइ गैरआवासीय नेपाली संघ र अन्य संस्थाहरुले राहतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

नेप्लीस एसोसेसन भिक्टोरियाका अध्यक्ष तारा गैरेले निषेधाज्ञाकोे कारण राहत तथा सहयोगको निम्ती पनि वाहिर निस्कन असहज भएको परिस्थितीमा एउटा कार्यविधि बनाएर संक्रमित र संक्रमणकोे आशंकामा क्वारेन्टीनमा रहेकाहरु लाइ सहयोग गर्ने जानकारी दिए ।

‘गैरआवासीय नेपाली संघ, नेप्लीस एसोसेसन भिक्टोरिया, बाणिज्य दुतावास, एक्का  लगायतका संस्थाहरु मिली एउटा टास्क फोर्स बनाएको छौँ , ‘भिक्टोरिया सरकार सँग राहत वितरणमा समन्वयतात्मक भुमिका हाम्रो टास्कफोर्सले गरेको छ ।

एउटै घरमा बसेका मानिसहरुमा पनि कोही ब्यक्ति संक्रमणमा रहने कोही संक्रमित नदेखिएको अवस्था रहेको र सबै आइसोलेसनमा रहेको कारण असहज परिस्थितीमा रहेका नेपालीहरुलाइ आफुहरुले बनाएको टास्कफोर्स डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युम्यान सर्भिसेस डिएचएचएस मार्फत सहयोग गरिने बताए ।

एनआरएनए भिक्टोरियाका पदाधिकारीहरु पनि संक्रमित भएको तैपनी राहत कार्यमा कुनै कसर नराखी जुटिएको लागिएको भिक्टोरिया राज्य परिषदका संयोजक प्रेम कंडेलले बताए ।  संक्रमितहरु  लाइ १ सय २० डलर बराबरको राहत उपलब्ध गराइएको संयोजक  कंडेलले जनाए ।

सहयोग लिन इच्छुकले फर्म भर्नको निम्ती यहाँ क्लिक गर्नुहोस् ।