काठमाडौं, १५ चैत्र । न्युजिल्याण्डलाई हराँउदै अष्ट्रेलियाले किर्तीमानी पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आज भएको फाईनल खेलमा न्युजिल्याण्ड ७ विकेटले पराजित भयो । टस जितेर पहिले व्याटिङ गरेको न्युजिल्याण्डले दिएको १ सय ८४ रनको झिनो लक्ष्य अष्ट्रेलियाले ३४ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
अष्ट्रेलियाको लागि कप्तान माईकल क्लार्कले ७४ रनको महत्वपुर्ण पारी खेले । यसैगरी स्टेभेन स्मिथले अविजित ५६ रनको योगदान दिए । यसअघि पहिले व्याटिङ गरेको न्युजिल्याण्डले ४५ ओभरमा अलआउट हुनुपुर्व १ सय ८३ रन बनाएको थियो ।
न्युजिल्याण्डको लागि ग्रान्ट ईलियोटले ८३ रन जोडेभने रोस टेलरले ४० रनको योगदान दिए । न्युजिल्याण्डका ५ जना व्याट्सम्यानहरुले खाता खोल्न नसकेको ईनीङलाई ध्वस्त पार्नेक्रममा बलीङतर्फ अष्ट्रेलियाका जेम्स फक्नर र मिचेल जोन्सनले ३-३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट लिए ।
जीतसँगै अष्ट्रेलिया पाँच पटक विश्वकप क्रिकेटको उपाधि जित्ने पहिलो टोली बनेको छ । सन् १९८७ मा पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको अष्ट्रेलिया त्यसपछि १९९७, २००३ र २००७ मा विश्व क्रिकेट च्याम्पियन बनेको थियो । उता न्युजिल्याण्डको भने पहिलो पटक विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भएको छ । यसअघि फाईनलमा पुग्न समेत नसकेको टोली न्युजिल्याण्डले यसपालि भने प्रतियोगिताको सह आयोजकको रुपमा निकै आशालाग्दो प्रदर्शन गरेको छ ।
अष्ट्रेलियालाई पाँचौ पटक विश्वकपको उपाधि






