काठमाडौं, २३ बैशाख । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिडलाई युभेन्टसले हराएको छ । गएराती इटालीयन क्लव युभेन्टसको मैदानमा भएको खेलमा स्पेनिस क्लव रियाल मड्रिड २-१ ले हारेको हो । खेलमा युभेन्टसलाई विजयी गराउन अल्भारो मोराटा र कार्लोस टेभेजले एक एक गोल गरे । रियाल मड्रिडका क्रिश्चियानो रोनाल्डोले एक गोल फर्काएका थिए ।
गएरातीको जितसँगै युभेन्टस सेमीफाईनल नजिक पुगेको छ भने साविक विजेता रियाल मड्रिड आफ्नै मैदानमा अर्को हप्ता हुने दोस्रो लेगको खेलपुर्व दबाबमा आएको छ । च्याम्पियन्स लिग सेमीफाईनलको अर्को खेलमा आज राती जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सीलोना भिड्नेछन् ।
रियाल मड्रिडलाई युभेन्टसले हरायो






