प्रिमियर लिगको सिजन सकिँदै

काठमाडौं, ९ जेष्ठ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार १० खेल हँदै छन् । यी खेलहरुसँगै प्रिमियर लिगको यो सिजन सकिँदै छ । नेपाली समयअनुसार राति पौने आठ बजे हुने खेलहरुमा चेल्सीले सन्डरल्यान्डसँग, म्यानचेसटर सिटीले साउथह्याम्पटनसँग, आर्सनलले वेस्ट ब्रोमवीच आल्बियोनसँग, म्यानचेस्टर युनाइटेडले हल सिटीसँग, लिभरपुलले स्टोक सिटीसँग र टोटनह्याम हट्स्परले एभटर्नसँग प्रतिस्पर्धा गर्दै छ ।
यस्तै, एस्टन भिल्लाले बर्नलेसँग, क्रिस्टल प्यालेसले स्वान्सी सिटीसँग, लेस्टर सिटीले क्वीन्स पार्क रेन्जर्ससँग र न्युकासल युनाइटेडले वेस्ट ह्याम युनाइटेडसँग प्रतिस्प्रधा गर्दै छ । यसअघि नै लन्डन क्लब चेल्सीले प्रिमियर लिग उपाधि पक्का गरिसकेको छ भने डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले दोस्रो स्थानमा चित्त बुझाएको छ । यस्तै, आर्सनल र म्यानचेस्टर युनाइटेडले शीर्ष चारभित्र स्थान सुरक्षित गर्दै च्याम्पियन्स लिग खेल्ने बाटो खुल्ला गरेका छन् ।
यो सिजनमा बर्नले र क्युपीआर रेलिगेसनमा पर्दा रेलिगेसनमा पर्ने एक टिमको टुंगो लाग्न बाँकी छ । न्युकासल युनाइटेड र हल सिटीमध्ये कुनै एक टिम शनिबार रेलिगेसनमा पर्ने छन् । यस्तै, लिभरपुलका आदर्श खेलाडी स्टेफन जेरार्डले शनिबार लिभरपुलका लागि अन्तिम खेल खेल्दै छन् । यसअघि नै उनले यो सिजनपछि अमेरिकी क्लब एल ए ग्यालेक्सी जाने बताइसकेका छन् ।