मेलवर्न ।
अष्ट्रेलियाको राष्ट्रिय कप मेलबर्न कप आज हुँदै छ । हरेक बर्ष नोभेम्बरको पहिलो मंगलबार आयोजना हुने मेलवर्न कप आज दिउँसो ३ बजेबाट शुुरु हुन लागेको होे । विशेष गरी घोडाको दौड अर्थात हर्स रेस हुने यस कपमा हाल कसले उपाधि जत्ला भन्ने सबैमा चासो र चिन्तन रहेको पाइन्छ । फ्लेमिङ्टनमा हुने उक्त कप कोरोनाभाइरस महामारीको कारण विगत १६० बर्ष यताकै खल्ला हुने महसुस गरिएको छ ।
मेलवर्न समय अनुसार दिउँसो ३ बजे उक्त कप शुरु हुनेछ तर तपाईको राज्य अनुसार समय फरक पर्न सक्छ । यदि तपाई क्विन्सल्याण्डमा हुनुहुन्छ भने २ बजे, साउथ अष्ट्रेलियामा हुनुहुन्छ भने साढे दुई बजे, नर्दन टेरीटोरीको साढे १ बजे, तथा पश्चिम अष्ट्रेलियाको १२ बजे कार्यक्रम शुरु हुन्छ ।
कोरोना महामारीको कारण यस बर्ष विगतमा जस्तो रेस हुन पाउँदैछ । भिक्टोरियामा कोरोना महामारी सँगै लगाइएको प्रतिबन्धहरु कम गरिएता पनि फ्लेमिङ्टनमा गएर हेर्न पाइदैन । जसको कारण कप च्यानल टेन मार्फत हेर्न पर्ने भएको छ । रेडियोमा सुन्न चाहनेहरुले एबीसी लोकल रेडियो, द रेसिङग एण्ड स्पोट्र्स नेटवर्क, एसइएन रेडियो तथा लाइन रेडियोमा सुन्न सकिने भएकोे छ ।
उपाधि जित्नेलाई पुरस्कार के ?
मेलवर्न कपको पुरस्कार ८ मिलियन डलर राखिएको छ । जसमा तोेकिएको लाइनमा आउने पहिला १२ घोडाहरुले उक्त पुरस्कार पाउने भएका छन् । पहिलो हुनेले ४.४ मिलियन, दोस्रो हुनेले १.१ मिलिया, तेस्रोले ५५० हजार डलर, चौथो हुनेले ३५० हजार डलर, पाँचौ हुनेले २३० हजार डलर पाउनेछन्् । त्यसैगी छैठो देखी १२ औँ स्थानमा आउनेले बराबर १६० हजार डलर पाउने आयोजकले जनाएकोे छ ।






