तक्दीर अधिकारी
सिड्नी।कोशस गर्नेहरु कहिल्यै हार्दैनन् भन्ने एक नेपाली उखान जस्तै अष्ट्रेलियामा आएका तीन नेपाली युवाहरुले मिल्टडाइनामिक रियलस्टेटको क्षेत्रमा नया आयाम थपेका छन् । २१ अक्टोबरका दिन मिल्टडाइनामिक रियलस्टेटको पाँचौ फ्रेन्चाइजको रुपमा दक्षिण अस्ट्रेलियामा कार्यालय स्थापना भएको छ ।
मेघराज पौडेल, विष्णु सापकोटा र विजय पौडेलले सुरुवात गरेको मिल्टडाइनामिक रियलस्टेट व्यवसायले यतिबेला विश्वदौडाहाको अभियानमा छ ।विशेष गरी अष्ट्रेलियामा घरभाडामा बसिरहँदा नेपालीहरुले पाउने गरेको सास्तीलाई मध्यनगर गर्दै आफू समेत भुक्तभोगी रहेका मेघराजले केही समय यस क्षेत्रमा अनुभव सँगाली व्यवसायमा होमिने सोँच बनाएर घरमा गाडी राख्ने ग्यारेज बाट कम्पनी खोलेका थिए । त्यसपछि उनले आफ्ना सहयात्रीको रुपमा सापकोटा र विजय सँग हात मिलाए । अनि शुरु भयो रियलस्टेटको क्षेत्रमा उनीहरुको भिष्मप्रतिज्ञा सहितको व्यवसायको नया श्रृङ्खला । दिनप्रतिदिन सफलताको सिढी चढ्दै उनीहरुले आफ्ना शाखा कार्यालय विस्तारक गरिरहेका छन् । मल्टिडाइनामिक रियलस्टेटको पाँचौ फ्रेन्चाइजको रुपमा दक्षिण अस्ट्रेलियामा कार्यालय स्थापना भएसँगै मल्टिडाइनामिक नाम जस्तै डाइनामिक सावित भएको छ । उक्त कार्यालयले पनि घरजग्गा कारोबार सम्बन्धी काम यसै साताबाट शुरु गरिसकेको छ । उक्त कार्यालयको साथ अस्ट्रेलियाका पूर्व सभामुख रसेल वाट्लेले उद्घाटन गरेका थिए ।
मल्टिडाइनामिक अष्ट्रेलियाका बिभिन्न संघ सस्थाहरुको सामाजिक कार्यहरु मा पनि निकै लोकप्रिय रहेको छ । सस्थापक (प्रिन्सिपल) मेघराज पौडेलका अनुसार मल्टिडाइनामिकको अब दुईवटा फ्रेन्चाइज कार्यालय खुल्ने तयारीमा छ । सिड्नीको इग्लवन र ओवनमा २ कार्यालय रहेको मिल्टडाइनामिककोे राजधानी क्यानवेरा र मेलवर्नबाट पनि सेवा सञ्चालनमा रहेको छ । प्रिन्सिपल पौडेलका अनुसार सबै प्रकृया पूरा भएको तर, सेवा सुरु नभएको दुईवटा शाखाहरु छन् । ती दुईवटा कार्यालय पनि यही वर्षबाट सुरु हुनेछ । मल्टिडाइनामिकका प्रिन्सिपल पौडेलले आफुहरुको पुराना र नया ग्राहकहरुलाई हेर्ने नजर एकै भएको बताए । उनले भने, “पुरान र नयाँ ग्राहकलाई एउटै हिसाबले हेछौं र पुरानालाई अपडेटिङ गर्ने र नयाँलाई चाहिने सूचना उपलब्ध गराउँछौं,। मल्टिडाइनामिक भनेर आउने ग्राहकलाई हामी कहिले पनि निराश बनाएर पठाएका छैनौ र पठाउँदैनौ पनि , हामी सकेसम्म र भएको साधनश्रोतबाट उचित सल्लाह, सुझाव र रोजगारीको अवसरसमेत दिन्छौं । ” मल्टिडाइनामिक रियलस्टेटबाट अनुभब लिएर बाहिर गएका एजेन्टहरु पनि राम्रो पोस्टमा काम भइरहेको देख्दा पनि आफुहरुले अरु रियलस्टेट भन्दा भिन्न भएको भन्दै गौरव गर्ने उनले बताए । दक्षिण अस्ट्रेलियामा प्रिन्सिपल रोहित भट्राई, सेल्स निर्देशक सुजन अधिकारीलगायत अन्य ४ जना सेयरहोल्डर रहेका छन् । मल्टिडाइनामिक दक्षिण अस्ट्रेलियाका सेल्स निर्देशक सुजन अधिकारीले कार्यक्रममा रसल ओडली, जनरल काउन्सिल दिपक खड्का, मल्टिडाइनामिक सिड्नीको टिम, ब्रिजवनबाट स्वतन्त्र प्रतापलगायत झन्डै १ सय ५० भन्दा बढीको सहभागिता रहेको जानकारी दिदै मल्टिडाइनामिक रियलस्टेटलाई सबै साथीहरुका बिच एडिलेडमा स्वागत गर्न पाउदा आफुलाइ खुशी लागेको बताए ।
उद्घाटन गरिएको फ्रेन्चाइज कार्यालयमा स्थानीयको उपस्थिति, सहयोग र सकरात्मक महोलले आफूहरुलाई उत्साहित बनाएको भन्दै प्रिन्सिपल पौडेलले भने, “अस्ट्रेलियामा झन्डै ३ हजार रियलस्टेट छन्, त्यसमध्येको मल्टिडाइनामिक पनि एउटा हो । सबैले किन्ने बेच्ने र भाडामा लगाउने सेवा दिन्छन्, तर मल्टिडाइनामिकको टिमवर्क, ट्रेनिङ, क्लाइन्टलाई दिने सर्भिस, सर्पोटिङ र अपरेटिङ सिस्टम हाम्रो अरुभन्दा बेग्लै छ।” उनले मल्टिडाइनामिकले दिने सिस्टम र टे«निङ उत्कृष्ट भएको बताए । उहाँहरुले ट्रेनिङ, सर्भिस र टेम्पलेटहरु लगायत सबै बिजनेस उद्घाटन गरेको दिनदेखि हामीसँग बाट पाउनु हुनेछ ।
मल्टिडाइनामिकका अर्का निर्देशक विष्णुप्रभात सापकोटाले भने ब्रिसवेनमा कार्याल खोल्ने प्रकृया शुरु हुँदै छ ,अहिलेको विषम परिस्थितिमा कार्यालय खुल्न नसके आउँदो वर्षको शुरुमै खुल्छ । त्यसपछि तासमानियामा खुल्ने छ । सन् २०२२ सम्ममा अस्ट्रेलियाका सबै सहरमा खुल्नेछ । टिमवर्क र सर्वसाधारणको सहयोग र सद्भावले मल्टिडाइनामिक सफल भएको भन्दै उनले अस्ट्रेलियाको सबै शहरमा छाउन दीर्घकालीन सोच बोकेर नै मल्टिडाइनामिक आएको बताए । उनले भने, “सबै स्थानमा नखोल्ने भए हामी अरुकै फ्रेन्चाइज लिएर बस्थ्यौं । फ्रेन्चाइज ब्रान्ड विस्तार गर्न नसकिने भएकाले हामीले आफ्नै कम्पनी सञ्चालनमा ल्याएका हौं । केही समयभित्र हामी अस्ट्रेलियाभरि छाउने छौं, त्यसबाहेक भविष्यमा हामी अन्तर्राष्ट्रियस्तरमा काम गर्न सक्छौं। ” उनले भविष्यमा न्यूजिल्यान्ड, बेलायत, अमेरिका र क्यानडामा कार्यालय खोल्न सक्ने समेत जानकारी दिए । अहिलेका ठूला ब्राण्डका कम्पनीहरुले त्यसरी नै काम गरिरहेकाृ भन्दै उनले मल्टिडाइनामिक पनि आउँदो ५० वर्षभित्र त्यसरी नै विश्वभरि छाउने छ । फ्रेन्चाइज कम्पनीले के–के गर्न पाउँछन् भन्ने जिज्ञासामा सापकोटाले भने, “मल्टिडाइनामिकको शाखा कार्यालयले कानुनतः स्वतन्त्र रुपमा काम गर्न सक्छन्, रियलस्टेट व्यवसायमा राज्यले बनाएको कानुन पूर्णरुपमा पालना गर्नुपर्छ, त्यसबाहेक मल्टिडाइनामिकको छुट्टै फेन्चाइज सहमतिहरु छन्, त्यो सहमतिभन्दा बाहिर गएर काम गर्न पाइँदैन ।
केन्द्रले बनाएको मापदण्ड शाखा कार्यालयले मान्नुपर्छ ।” उनले आफ्ना नेटवर्क पार्टनरलाई विधि, प्रकृया र तालिम उपलब्ध गराउँने भन्दै केन्द्रले अन्य शाखाहरुसँग नेटवर्क विस्तार गर्ने बताए । यी सबै कुरा हाम्रो हेड अफिसले सबैलाई कोअपरेट गर्छ । ” उनले भने । “मल्टिडाइनामिक अरु रियालस्टेटजस्तै सेवा दिन कम्पनी हो, यो कम्पनी अब नेपालीहरुको मात्र रहेन, बहुसांस्कृतिक भइसक्यो । दक्षिण अस्ट्रेलियाको हकमा कुरा गर्ने हो भने यसमा केन्याका साथीहरुपनि हुनुहुन्छ।” मल्टिडाइनामिक अस्ट्रेलियामा नेपाली समुदायमाँझ स्थापित भइसकेको भन्दै उनले यसको नामले नै सानोतिनो बिजनेशको काम गर्न सक्ने बताए । मल्टिडाइनामिकमा जम्मा सदस्यहरु मध्ये ३० प्रतिशत अन्य देशका पनि रहेका छन् ।






