अमेरिकामा गुल्मीका कानुन व्यवसायी खगेन्द्र क्षेत्री छैठौं पटक सुपर लयर

न्यूयोर्क।अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री लगातार छैटौं पटक सुपर लयरमा पर्न सफल हुनुभएको छ । सन् १९८७ देखी अमेरिकामा बार लाईसेन्स प्राप्त गरेका अधिवक्ता क्षेत्रीलाई वकिलहरुको रेटिंग गर्ने संस्था सुपर लयर्सले सन् २०१४ देखी लगातार यस बर्ष पनि सुपर लयरमा पारेको हो ।

न्यूयोर्कको म्यानहाटनमा मुख्य कार्यालय रहेको क्षेत्री एण्ड एशोसियट्सका प्रेसीडेण्ट रहेका अधिवक्ता क्षेत्रीले ईमिग्रेशन लगायतका बिषयमा कानुनी सेवा दिंदै आउनुभएको छ । फोर्डधाम युनिभर्सीटीबाट जेडि गर्नुभएका क्षेत्रीले अमेरिकामा रहेर पनि नेपालका लागि समेत बिभिन्न समयमा ठुला मुद्धाहरु जित्दै समेत आउनुभएको छ ।

लगातार छैटौ बर्षसम्म सुपर लयरमा पर्न सफल भए पश्चात क्षेत्रीले सबै शुभचिन्तक, स्टाफहरु र सेवाग्राही सबैलाई धन्यबाद दिनुभएको छ । अमेरिकामा आएर पनि नेपालीले यो तहको उपलब्धी हासिल गर्नु आफुहरु क्षेत्री एण्ड एशोसिएट्सको मात्र नभई सिंगो समुदायको उपलब्धी भएको अधिवक्ता क्षेत्रीसंगै लामो समयदेखी कार्यरत प्रशासक पिताम्बर भुुसालले बताउनुभयो ।

एनआरएन अभियानमा नागरिकता सम्बन्धी मुद्धामा लागिरहनुभएका सुपर लयर क्षेत्री एनआरएन अमेरिकाको पुर्व अध्यक्ष तथा जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक समेत हुनुहुन्छ । गुल्मी जिल्लाको सिर्सेनिमा जन्मेका क्षेत्री हाल न्यूजर्सीमा बस्दै आउनुभएको छ ।

खगेन्द्र जीसी अमेरिकामा कानुनी पेशामा आवद्ध पहिलो नेपाली वकिल हुनुहुन्छ । सन् १९६० मा बुबा पदमबहादुर जीसी र आमा भगवती जिसीका पुत्रका रुपमा गुल्मीको सिर्सेनीमा जन्मिनुभएका सन् १९७४ मा एसएलसी पास गरेपछि अध्ययनका लागि काठमाठौं आउनुभयो ।

काठमाडौंको ल क्याम्पसबाट उहाँले बीएल गर्नुभयो । त्यसपछि भारतमा ल विषयमा नै मास्टर्स गरेपछि उहाँले काठमाडौंको ल क्याम्पसमा पढाउन थाल्नुभयो । यसै दौरान सन् १९८३ मा कोलम्बिया युनिभर्सिटीमा अध्ययनका लागि उहाँ अमेरिका आउनुभयो ।खसोखास