एजेन्सी । अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने गर्छ। त्यसैले आज नोभेम्बर ३ मा हुने निर्वाचनको परिणाम सबैको चासोको विषय बनेको छ।
अमेरिकी राजनीतिक प्रणालीमा विशेषगरी दुईवटा पार्टीको वर्चस्व रहेको छ । ती दुईमध्ये एकपार्टीका उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुने गर्छन् । रिपब्लिकनहरू अमेरिकाका परम्परावादी राजनीतिक पार्टीका हुन् र यो वर्षको निर्वाचनमा उनीहरूका उम्मेदवार पदासीन राष्ट्रपति डोनल्ड ट्रम्प हुन् । उनी आगामी चार वर्षको कार्यकालका लागि पुनःनिर्वाचित हुन चाहन्छन् ।डेमोक्र्याटहरू अमेरिकाको उदारवादी भनिने राजनीतिक पार्टीका हुन् र उनीहरूका उम्मेदवार यो वर्ष जो बाइडन छन् ।
उनी एक अनुभवी राजनीतिज्ञ हुन् र यसअघि उनले राष्ट्रपति बाराक ओबामाको कार्यकालमा आठ वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरिसकेका छन् ।राष्ट्रपति पदका ती दुवै पुरुष उम्मेदवार उमेरले ७० वर्षभन्दा माथिका छन् । ट्रम्प ७४ वर्ष पुग्नै लागे भने बाइडन ७८ वर्षका भए ।
को अमेरिकी राष्ट्रपति हुन सक्छ
नियम अनुसार अमेरिकी राष्ट्रपतिको चुनावमा भाग लिनका लागि प्राकृतिक जन्मजात अमेरिकी नागरिक हुनुपर्दछ । उमेर कम्तिमा ३५ वर्षको हुनुपर्छ र कम्तिमा १४ त्यहाँ बससेको हनुपर्दछ । यो सुन्दा सजिलो लाग्छ । तर के यो सजिलो छ ?
यो सत्य हो कि १९३३ देखि अहिलेसम्म अमेरिकाका सबै राष्ट्रपतिहरू गभर्नर, सिनेटर वा फाइभस्टार मिलिटरी जनरल नै रहेका छन् । कुनै व्यक्तिको नाममा पार्टीको मनोनयनको धारणा पाउने बित्तिकै उसले मिडियाको ध्यानाकर्षण गर्न थाल्छ ।
अमेरिकी चुनावमा राष्ट्रपति पदका लागि मनोनीत प्रक्रिया विश्वव्यापी रूपमा सबै भन्दा जटिल,लामो र महँगो प्रक्रिया मानिन्छ । प्रत्येक चार वर्षमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको उम्मेद्वार लिन चाहनेहरूले सामान्य चुनाव अघि जाडो र वसन्त ऋतुको मौसममा सबै राज्यहरूमा प्राथमिक र ककस चुनावको सामना गर्नुपर्दछ ।
प्रत्येक राज्यमा प्राथमिक र ककसस चुनाव जितेपछि उनीहरूले निश्चित संख्यामा डिलगेट्रस प्रतिनिधिहरूको समर्थन लिन्छन् । महिनौंसम्म जारी रहने यस प्रक्रियामा आफ्नो पक्षमा तेकिएको संख्यामा प्रतिनिधि पाएको उम्मेदवारले मात्र मनोनयन पाउँछ । त्यसपछि उही पार्टीको औपचारिक उम्मेदवार बन्छ ।
विजेताको निर्णय कसरी हुन्छ ?
अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुवै उम्मेदवारले सबैभन्दा धेरै इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलको सबैभन्दा बढी मत ल्याउनका लागि प्रतिस्पर्धा गर्नेछन् ।अमेरिकाको प्रत्येक राज्यको हकमा निश्चित सङ्ख्यामा इलेक्टोरल कलेज मत निर्धारण गरिएको छ,जुन केही हदसम्म राज्यहरूको जनसङ्ख्याका आधारमा तोकिएको हुन्छ । जम्मा ५३८ वटा इलेक्टोरल कलेज मत उपलब्ध छ । जुन उम्मेदवारले २७० भन्दा बढी त्यस्तो मत प्राप्त गर्न सक्छ उही विजयी ठहरिन्छ ।
यसको अर्थ सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् राष्ट्रियस्तरमा होइन । यही कारणले गर्दा राष्ट्रिय स्तरमा वा देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजले गर्ने मतदानमा पराजित हुनसक्छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा यस्तै भएको थियो। देशभरि भएको कुल मतदानमा हिलरी क्लिन्टनले पाएको कुल मत धेरै थियो तर इलेक्टोरल कलेज वा निर्वाचक मण्डलमा धेरै मत पाएकाडोनल्ड ट्रम्प राष्ट्रपति भएका थिए ।
अमेरिकामा दुईवटालाई छाडेर बाँकी सबै राज्यमा जो जित्यो त्यहाँको सबै इलेक्टोरल कलेज मत उसैको हुने प्रावधान छ । यस हिसाबले धेरैजसो राज्यहरू दुईमध्ये एक पार्टीको पक्षमा राम्रैसँग ढल्केको पाउन सकिन्छ ।
त्यसैले यसरी मतदाताको झुकावमा स्पष्टता नदेखिएका एक दर्जनजति राज्यमा नै चुनाव प्रचारप्रसार धेरै जसो केन्द्रित हुने गर्छ । यस्ता राज्यहरूलाई ;’ब्याटलग्राउन्ड स्टेट्स’; वा ‘सङ्ग्रामभूमि’; भन्ने गरिन्छ ।
यो निर्वाचनमा खालि राष्ट्रपति मात्र चुनिने हुन् ?
चुनावको चर्चामा ट्रम्प र बाइडनमात्रै देखिए पनि मतदाताहरूले कङ्ग्रेस भनिने अमेरिकी संसदको सदस्यका लागि पनि मतदान गर्छन् ।तल्लो सदन ‘;हाउस अफ रिप्रिजेटेन्टिभ्स’; मा डेमोक्र्याटहरूको पहिले नै बहुमत रहेको छ र तिनीहरू त्यस्तो बहुमत कायमै राखेर माथिल्लो सदन ‘;सिनेट’; मा आफ्नो कब्जा जमाउन चाहन्छन् ।संसद्को दुवै सदनमा बहुमत हासिल भएमा तिनीहरूले यदि डोनल्ड ट्रम्प पुन: निर्वाचित हुन पुगेको खण्डमा उनका योजनाहरूलाई ढिलो पारिदिने वा रोक्ने गर्न सक्छन् । यो वर्ष हाउसमा सबै ४३५ स्थानका लागि निर्वाचन हुँदैछ भने सिनेटको ३३ स्थानका लागि पनिमतदान हुनेछ ।
निर्वाचन परिणाम कहिले थाहा हुन्छ
मतदानका बेला खसेको प्रत्येक मत गन्नका लागि केही दिनको समय लाग्न सक्छ, तर मतदान सकिएको भोलिपल्ट बिहान सबेरै नै को विजयी भयो भनेर लगभग स्पष्ट भइसक्छ । सन् २०१६ मा मतगणना भइरहँदा बिहानको ३ बजे नै डोनल्ड ट्रम्पले न्यूयोर्कको मञ्चबाट हर्षित समर्थकहरूको भिडलाई विजयी भावमा सम्बोधन गरेका थिए ।
तर अमेरिकी निर्वाचन अधिकारीहरूले यस पटक त्यस्तो अवस्था नहुन सक्ने भन्दै हुलाकबाट मतदान गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएकोले अन्तिम मतपरिणामका लागि केही दिन वा केही हप्ता समेत लाग्न सक्ने बताइरहेका छन् । मतदान सकिएको केही घण्टाभित्रै परिणाम थाहा हुन नसकेको पछिल्लो अवस्था सन् २००० मा देखिएको थियो । त्यस बेला मतदानको एक महिनापछि भएको देशको सर्वोच्च अदालतको फैसलापश्चात् मात्रै निर्वाचनको विजेता निर्धारण हुन सकेको थियो ।
विजेताले पदभार कहिले ग्रहण गर्छन्
यदि जो बाइडन विजयी भएमा उनले तत्कालै राष्ट्रपति ट्रम्पलाई विस्थापित गर्ने छैनन् । किनकि नयाँ नेतालाई उनको सरकारका सदस्यहरू नियुक्त गर्न र योजनाहरू बनाउनका लागि समय दिन
सङ्क्रमणकालीन अवधि निर्धारित छ ।
नयाँ राष्ट्रपतिले औपचारिक रूपमा ज्यानुअरी २० तारिखमा ;’इनग्यूरेशन’ भनिने समारोहमा पदको शपथ ग्रहण गर्ने गर्छन् । त्यस्तो समारोह राजधानी वाशिङ्टन डीसीस्थित क्यापिटल भनिन सङ्घीय संसद् भवनबाहिरको
विशाल भर्याङका खुड्किलाहरूमा हुने गर्छ । उक्त समारोहपछि नयाँ राष्ट्रपति आफ्नो चारवर्षे कार्यकाल आरम्भ गर्न औपचारिक कार्यालय र निवास ह्वाइट हाउसतर्फ लाग्छन् ।
कसले जित्दा नेपाली मूलका आप्रवासीमा कस्तो प्रभाव
अहिले विश्वकै ध्यान मङ्गलवार नोभेम्बर ३ मा अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनले तानेको छ। रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई भूतपूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका नेता जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। चुनावअघिका मत सर्वेक्षणहरूमा बाइडन अगाडि देखिन्छन्। यसपालि ऐतिहासिक रूपमा करोडौँ मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गर्न पाउने सुविधाअन्तर्गत चुनावको दिन अगाडि नै मत दिइसकेका छन्।
नेपालमा पनि अमेरिकी चुनावलाई लिएर चासो छँदैछ, त्यसमाथि दशौँ हजार नेपाली मूलका अमेरिकीहरूको निम्ति त यो सोझो चासोको विषय बनेको छ। अमेरिकाका ५० वटा राज्य र वाशिङ्टन डीसीमध्ये कतिपय स्थानमा चाँडो मत हाल्न पाउने सुविधाअन्तर्गत धेरैले मतदान गरिसकेका छन्।
अहिले नोर्थ क्यारलाईना, विस्कन्सिन, पेन्सल्भेनिया, मिशिगनजस्ता केही राज्यमा प्रचारप्रसार केन्द्रित देखिन्छन् किनभने तिनले नै चुनावको नतिजा कतापट्टि ढल्किन्छ भन्नेमा विशेष प्रभाव पार्ने ठानिन्छ।
चाँडो हालिएका मतपत्रहरू कसरी गणना गरिन्छ वा कति छिटो तिनको गणना हुन्छ भन्नेबारे पनि प्रश्नहरू उठेका छन्। गणनापछि नतिजा चुनावको दिनलगत्तै आउँछ कि आउँदैन भन्नेमा पनि धेरै चासो देखिन्छ।डोनल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल अर्को चार वर्षले थपिन्छ कि बाइडनले जित्नेछन् भन्नेबारे कताकता डर र चिन्ताको मानसिकता अमेरिकी मतदातामा देखिन्छ।
नेपाली मूलका अमेरिकी नागरिकको चासो
अमेरिकामा नेपाली र नेपालीभाषी भुटानी गरी लगभग पाँचलाख नेपालीभाषी भएको अनुमान छ । स्वभावैले अलि उदार मुद्दाहरूमा यो समुदायको केही बढी झुकाव देखिन्छ । उदाहरणका लागि योभन्दा पहिले अमेरिकी नागरिक वा गैरनागरिक नेपालीहरूले पनि आफ्ना परिवारका सदस्यका लागि यहाँको स्थायी बसोबास सुविधा वा ग्रीनकार्ड लिँदाखेरि दुई-तीन पन्नाको निवेदन दिए पुग्थ्यो ।
तर अहिले १२-१५ पन्ना भर्नुपर्छ । त्यो खालको अप्ठेरोदेखि लिएर विद्यार्थीहरूले कति घण्टा कामगर्न पाउने भन्ने जस्ता विषय यो समुदायको चासोमा परेका छन् ।
अर्कोतिर साना व्यापार व्यवसाय गर्नेहरूका निम्ति चाहिँ सरकारले यो कोभिडका कारण परेकोप्रभावबाट जोगिन के कस्तो राहत दिन सक्छ वा ऋणको ब्याजदर के हुन्छ भन्ने कुरामा ध्यान दिइरहेका छन् ।
बिबिसीबाट






