बाल्टिमोडः रोजगारीको क्रममा सात समुद्र पार गरेर आएका नेपालीको साझा चौतारीको रुपमा लमजुङ अमेरिका सेवा समाजको स्थापना भएको छ । अमेरिकामा रहेका लमजुङ बासी दाजुभाइ तथा दिदी बहिनीहरूको जमघट र भाइचाराको सम्बन्ध कायम राख्न एवम् दुःख सुख एकआपसमा साटासाट गर्न समाजको स्थापना गरिएको संयोजक शशी थापाले बताउनु भयो ।
स्वदेशबाट विदेशमा आउँदा सबैले जीवनमा संर्घषका यात्रा शुरु हुने र हरेक पाइलामा आइपर्ने र उक्त समस्या समाधानमा सघाउन पु¥याउन समाजको स्थापना गरिएको प्रवासी मञ्चका अध्यक्ष प्रभु थापाले बताउनु भयो । ‘विदेशमा रह्दा नेपालका हरेक चाडपर्वमा जान नसक्ने भएकाले नेपालीको धर्म संस्कृति, रितीरिवाज र जाडपर्वको जगेर्ना गर्ने समाजको प्रमुख भुमिका रहने छ,’ उहाँले भन्नु भयो ।
साथै, समाजले आउँदो अगष्ट १३ मा समर पिकनिक आयोजना गरेको वानाका वरिष्ठ उपाध्यक्ष सुवोध विलास पन्तले जानकारी गराउनु भएको छ ।
सुरेश कोइराला






