एनआरएनए अमेरिकाकोे लोकप्रिय टिमको नेतृत्वलाई निर्वाचित गर्ने अठोट र एनआरएनएलाई सम्मानित संस्थाको रुपमा विकास गर्ने अभियानमा आफू केन्द्रीत रहेको अध्यक्षका प्रत्यासी गौरी जोशीले बताउनु भएको छ । संंस्था जस्तो सुकै दुविधाहरू जकडिएर रोगी भएपनि आफूले सामान्य उपचारबाट निको पार्ने प्रतिवद्धता उहाँले गर्नु भएको छ ।
‘विदेशमा बस्ने सबै जातजाति, धर्म, लिंङ्ग, वर्णका लागि एनआरएनएलाई दुःख सुख साट्ने साझा चौतारीको रुपमा स्थापना गर्न म लागिपरेको छु,’ उहाँले भन्नु भयो ‘यसलाई हरेक आप्रबासी नेपालीको सपना साहकार पार्ने चौतारीको रुपमा विकास गर्न चाहान्छु ।’
कर्मभूमी प्रति आकर्षित भएपनि नेपालमा जन्मिएर हुर्किएको हुनाले नेपालको मायाले हरपल सताइ रहने उहाँले बताउनु भयो । यहि मायाले नै नेपाल र नेपालीको आर्थिक तथा सामाजिक विकासको लागि एनआरएनए पनि उत्तिकै प्रयत्नशील रहेको उहाँको भनाइ छ । नेपाल र नेपालीको भाइचाराको सुमधुर सम्बन्ध सदा अम्मर राख्ने प्रतिवद्धता साथ म र मेरो टिम अघि बढी रहेको छं,’ जोशीले भन्नु भयो ‘मेरो नेतृत्वको टिमले साँचो अर्थमा एनआरएनएको सम्पूर्ण प्रतिनिधित्व गर्न सक्छ ।’
नेपालको दीर्घकालीन विकासको लागि मेरो नेतृत्वदायी टिमको भीष्म प्रतिज्ञा रहेको जोशीले बताउनु भयो । ‘यस यी सबै प्रतिज्ञाका साथ दत्तचित्त भएर चुनावी मैदानमा उत्रिएको हुनाले सम्पूर्ण मतदातालाई म लगायत मेरो टिमलाई निर्वाचित गराउन आग्रह गर्दछु,’ जोशीले भन्नु भयो । यस संस्था प्रति प्रतिवद्ध भएर यस संंंस्थाको उन्नतीको. लागि अहोरात्र खटिने वाचा जोशीले गर्नु भएको छ ।
सुरेश कोइराला






