काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मधेसका मुद्दा सम्बोधन गर्न सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले बाधक भएको आरोप लगाएका छन् ।
लिला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘प्रजातन्त्र सेनानी’ पुस्तकको शनिबार राजधानीमा लोकार्पण गर्दै कांग्रेस सभापति कोइरालाले मधेसका मुद्दाका विषयमा सबै पार्टीले समान धारणा बनाउनुपर्ने बताए ।
उनले मधेसी दलका जायज माग पूरा गर्न ढिलाइ गर्न नहुने भएपनि यसमा सरकार तयार नभएको आरोप लगाए ।
कांग्रेस सभापति कोइरालाले वार्ता र सहकार्यकै माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए । उनले मुलुकका समस्या झन् जटिल बन्दै गएको भन्दै मधेसी दललाई भित्तामा पुर्याउने सोचले समस्या समाधान नहुने स्पस्ट पारे ।






