आयरल्याण्डमा नयाँ बर्षको दिप प्रज्वोलन

आयरल्याण्ड । नयाँ बर्षको उपलक्ष्यमा गैर आवासीय नेपाली संघ आयरल्याण्डले सांगीतिक साँझ रेडिसन होटल आयरल्याण्डको डब्लिनमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज नर्दन आयरल्याण्डका अध्यक्ष श्री लीलाराम निउरे तथा गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोइरालाले संयुक्तरुपमा पानसमा दियो बाली उदघाटन गरेका थिए । उक्त कार्यक्रममा आफ्नो मन्तब्य दिदै श्री निउरेले कार्यक्रमको पूर्ण सफलताको लागि कामना गरे । दुवै छेत्रमा बसोबास गर्ने नेपालीको हक हित र समुन्नतिक लागि मिलेर कार्यक्रम गर्नुपर्ने बताए ।

सभापति नवराज कोइरालाले नेपालीको सामुहिक चाहना अब समृद्ध नेपाल भएकोमा त्यस्लाई सबल बनाउन सबै नागरिकको उत्तिकै भूमिका र जिम्मेवारी रहेको र सामुहिक जिम्मेवारीबाट कोहि पन्छन नहुने बताए ।

उक्त कार्यक्रममा विशेस अतिथिको रुपमा गणेस प्रसाई , शुक्रराज न्यौपाने ,राजन काफ्ले, गंगाराम कंडेल , नारायण कंडेल, दिपेसमान शाक्य, ICD कलेज डब्लिनबाट भिन्सेन्ट बारीको उपस्थिति थियो ।

त्यसैगरि उक्त कार्यक्रममा अतिथिको रुपमा सल्लाहकारहरु बिनोद कार्की , अच्युत गैरे, बसन्त न्यौपाने, जीवन तिमल्सिना. चेतराज ओली , चन्द्र बम्जन तेस्तै शारदा पेतिक्रेउ,कोर्क बाट टेकनारायण पौडेल, प्रेम घले , माइकल थापा ( सनम ),आसन ग्रहणको क्रममा उपादक्ष्यहरु चन्द्रकला निरौला,अन्तिम उप्रेती, लोक त्रिपति, महासचिब उज्वोल ह्युम्बा, सचिब बिबेक राज सापकोटा , कोषाध्यक्ष जंग अधिकारी , रबि बोगटी, अनिश भण्डारी, अन्जु काफ्ले, प्रविन कोइराला,प्रकाश श्रेष्ठ, सुमन गुरुङ तिपेररी, मुकेश घिमिरे लिम्रिक, सुकमान लामा कार्लो, यम उप्रेती,राम सापकोटा lcc अध्यछ कार्लो लगाएत थिए ।

उक्त सास्कृतिक कार्यक्रममा प्रमुख कलाकारको रुपमा सन्दिप प्रधान, सरिश्मा अमात्य, तेसै गरि नर्दन आयरल्याण्डका अतिथि कलाकारहरु ज्योति कंडेल ,आशिका कंडेल , प्रिया चुडाल ,जनक कंडेल ,हरि थापा , आकाश कंडेल,ज्योती निउरे , हिमाल निउरे , गौरी सापकोटा ,गौरव सापकोटा उपस्थित थिए ।

यसैगरि कोर्क सहर देखि कन्चन थापा , सिमा सुबेदी, पोर्टलीज बाट सपना बगाले , एलिशा बगाले ,सलिना उप्रेती, कार्लो देखि सरु थापा आ आफ्नो उत्कृष्ट प्रस्तुति दिएका थिए भने एनआरएन स्कुलका स साना भाइ बहिनीहरु हृतिका अधिकारी ,उन्नति गौतम , प्रगति गौतम , क्रिस्टिना पोख्रेल , इनेश कोइराला , स्वरूप काफ्लेले सामुहिक बाल नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै डब्लिनबाट बिनिता गौतम , लक्ष्मी कोइराला , सरिता बोगटी, एनआरएन स्कुल शिछिका सोभना पन्त अधिकारी, ज्ञान सिंह पुन, अनिश भण्डारी, दिप परियार लगाएत स्थानीय आइरिशले समेत भर मग्दुर मनोरंजन दिलाएका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य दिदै संस्थाको महिला उपादक्ष्य चन्द्र कला निरौलाले सबैलाई स्वागत गर्नुका साथै कार्यक्रमको अन्तमा अतिथिलाइ मायाको चिनोको ब्यवस्था आयोजकले गरेका थिए ।

कार्यक्रमको संचालन करुणा थापा र श्रिस्टि ले संचालन गरेका थिए ।

उक्त कार्यक्रमको समापन गर्दै सभापति कोइरालाले प्रमुख बेबस्थापकीय भूमिकामा रहेका बिबेक राज सापकोटा, उज्वोल ह्युम्बा, अनिस भण्डारी , प्रविन कोइराला, सोभना अधिकारीलाइ यो कार्यक्रमलाइ अहोरात्र खटेर सफल बनाउन लागि परेका धन्यवाद दिएका थिए । साथै अन्तमा कलाकारहरुलाइ मायाको चिनो र प्रमाण पत्रको समेत ब्यवस्था गरेको कुरा आयोजकले गरेका थिए ।

एस्तो भब्य कार्यक्रम गैर आवासीय नेपाली संघ आयरल्याण्डले गरेको थियो । तर तेसलाई अझै बेबस्थित गर्न एउटा छुट्टै आयोजक समिति बनाएको थियो जसमा थिए सास्कृतिक सम्योजक तथा गायकअनिश भण्डारी , सचिब बिबेक राज सापकोटा , युवा कोर्डिनेटर प्रविन कोइराला , एनआरएन बिद्यालय शिछिका शोभना पन्त अधिकारी रहेका थिए! बिसेस कलाकार बेबस्थापनका लागि महासचिब उज्वोल ह्युम्बा थिए ।

अन्त्यमा गैर आवासीय नेपाली संघलाई समय समयमा पुर्याउनु भएको सहयोगको उच्च मुल्यांकन गर्दै पुर्ब अध्यछ गणेश प्रसाईलाई सम्मान गरिएको थियो । तेसैगरी नेपाली पाठशालामा निरन्तर शिक्षिका रुपमा स्वयम् सेबकको रुपमा सहयोग पुराउनुहुने शिक्षिका हरु भगवती सुबेदी , सोभना अधिकारी , संजु गौतमलाई समेत सम्मान गरिएको थियो । साथै कार्यक्रममा राफल चिठा खेलाउन प्रकाश श्रेष्ठ र देब गुरुंगले सहयोग गरेका थिए ।

चन्द्र घले जो एक नयाँ जोश उमंग लियर आएका युवा; नेपाली समाजमा केहि गर्नु पर्छ भन्ने भावना साथ अधि आएका एक सृजन शिल युवा प्रतिनिधि पात्र तथा पेशाले सिभिल स्ट्रक्चरल इन्जिनीयर हुन् ।

जसले स्थानिए वकिल संग समन्वय गरि गैर आवासीय नेपाली संघको आयोजनामा एक अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए । आयरल्याण्डमा रहेका सबै नेपालीलाई कानुनीरुपमा परामर्श गराएर समाजका हरेक बिपन्नलाइ सहजीकरण, साथ सहयोग तथा मलम पट्टि लगाउने काम संघको आयोजनामा भएको थियो । समाजमा रहेका हरेक बर्ग पेशामा रहेकाहरुको साझा संस्थाको रुपमा गैर आवासीय नेपाली संघ उभिन चाहन्छ । जसका कारण बिद्ध्यार्थी भिषाका समस्या , ट्राफिक नियम, वोर्क परमिट, सरणार्थी समस्या आदिका विषयमा आन्तर्क्रिया गरिएको थियो ।

त्यसैगरि स्थानिय रुपमा बेपार बेबसाय स्थापना र बिकाश गर्नेका लागि समेत समन्वय गर्न साथ सहयोग दिन एनआरएन आयरल्याण्डले महासचिब उज्वोल ह्युम्बालाइ जिम्मा दिएको छ । यसले समृद्ध समाज निर्माणमा केहि टेवा दिनेमा संघका अध्यक्ष तथा पधाधिकारीहरु बिश्वस्थ छन् ।